काठमाण्डौ । लगातार बढिरहेको इन्धनको भाउ नियन्त्रण गर्न भारत सफल भएको देखिएको छ।
गत ४ नोभेम्बरमा भारतको केन्द्रीय सरकारले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन शुल्कमा कटौती गरेको थियो। उत्पादन शुल्क कटौती गर्दा आकासिँदै गरेको इन्धनको मूल्य केही तल ल्याउन सकिने भारत सरकारको निष्कर्ष थियो। त्यसपछि २७ दिनसम्म तेलको भाउमा कुनै परिवर्तन गरिएन।
पीटीआईका अनुसार दिल्ली क्याबिनेटले पेट्रोलमा लाग्ने कर कटौती गर्दै ३० प्रतिशतबाट १९.४ प्रतिशतमा झारेको छ। यही कारण अब दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ८ ले सस्तिने भएको छ। नयाँ मूल्य बुधबार राति १२ बजेबाट लागू हुनेछ।
दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य भारु १०३.९७ रुपैयाँ र डिजेल भारु ८६.६७ रहेको छ। जब कि मुम्बईमा क्रमशः भारु १०९.९८ र भारु ९४.१४ रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19