 
                     
                                
                             
                                    काठमाण्डौ । अमेरिकी कार निर्माता कम्पनी टेस्ला अन्ततः भारत प्रवेश गर्ने भएको छ।
भारतका यातायातमन्त्री नितिन गडकरीले यससम्बन्धी जानकारी दिँदै अमेरिकी धनाढ्य एलन मस्कको कार निर्माता कम्पनीले यसै वर्षदेखि भारतमा आफ्नो इलेक्ट्रिक कार बिक्री गर्न सुरु गर्ने बताएका हुन्। ‘सेल्स सेन्टरहरु स्थापना गरेपछि टेस्लाले भारतमा उत्पादनका लागि सेट अप तयार गर्नेछ’, गडकरीले सीएनएनसँग भने।
तर टेस्लाले यस सम्बन्धमा तत्काल कुनै पनि प्रतिक्रिया जनाउन मानेन। सन् २०२१ मा भारतका लागि कम्पनीको कस्तो योजना छ भन्ने एक ट्विटर प्रयोगकर्ताको जिज्ञासाको उत्तर दिँदै एलम मस्कले निश्चय पनि कम्पनी भारतीय बजारमा प्रवेश गर्ने तर जनवरीमा नै भन्न नसकिने बताए।
विश्वको चौथो ठूलो कार बजारका रुपमा रहेको भारतीय बजार प्रवेशका लागि मस्कले निकै लामो समयदेखि जोड दिँदै आइरहेका छन्। सन् २०१७ मा टेस्लाका सीईओले त्यस वर्षको गर्मीयाममा कम्पनीले भारतमा कार बिक्री गर्ने योजना बनाइरहेको बताएका थिए। तर भारतीय बजार प्रवेश गर्न भएको ढिलाइ भने सही समयमा आयो।
सन् २०१९ मा भारतमा कारको बिक्री तीव्रगतिमा घट्न पुग्यो। यसो हुनुमा सुरक्षा र वातावरणसम्बन्धी नयाँ नियमहरु कारक थिए। जसले गर्दा कारको मूल्यमा वृद्धि आउनुका साथै भारतीय ग्राहकका वित्तीय प्रदायकले समेत समस्याको सामना गर्नुपर्यो।
बितेका वर्षहरुमा अन्य अमेरिकी कम्पनीहरु जस्तै जनरल मोटर र हार्ले डेभिटसनले भारतिय बजारबाट आफ्नो हात झिकिसकेका छन्।
भारतले इलेक्ट्रिक सवारीसाधनहरुलाई गरिहेको समर्थनका कारण कार निर्माताहरुले भारतमा बिक्रीको अथाह सम्भावना देखेका छन्। बजारमा इलेक्ट्रिक कारको संख्या बढाउन र पेट्रोल डिजेलबाट चल्ने कारको संख्या घटाउन भारत सरकारले इलेक्ट्रिक कारमा छुट, अनुदानजस्ता अन्य योजनाहरु ल्याएको छ।
सन् २०१९ मा ह्युन्डईले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ह्युनडई कोना इलेक्ट्रिक’ लन्च गरेको थियो। त्यसबेला दक्षिण कोरियाली कार निर्माताले भारत स्वच्छ वातावरण र कनेक्टेड मोबिलिटीका साथ नयाँ युगमा प्रवेश गरेको भन्दै प्रशंसा गरेको थियो।
घरेलु प्रतिस्प्रधी महिन्द्रापश्चात त्यसबेला ह्युन्डई भारतमा इलेक्ट्रिक कार बिक्री गर्ने दोस्रो कम्पनी थियो। यसपश्चात भारतमा टाटा र एमजी मोटरसँगै मर्सेडिज बेन्जले पनि आफ्नो डेभ्यू गरेका थिए।
टेस्ला यतिबेला उचाइमा पुगेको छ। सन् २०२० मा गरेको सुरुआतपछि अहिले कम्पनीको सेयरमूल्य ७०० प्रतिशतले वृद्धि भएको छ। हालै कम्पनी अमेरिकी सेयर बजार एस एन्ड पी ५०० (एसपीएक्स) सँग जोडिएको छ। तर केही विश्लेषकहरु भने लगानीकर्ताहरुले विद्युतीय सवारी बजारमा रहेको प्रतिस्पर्धाको चुनौतीलाई नकारिरहेको भन्दै चिन्ता प्रकट छन्। जसको टेस्लाले आउँदा वर्षहरुमा सामना गुर्नपर्नेछ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19