काठमाण्डौ । संयुक्त राष्ट्रको सांस्कृतिक संस्था युनेस्कोले आफ्नो विश्व सम्पदा सूचीमा हरेक वर्ष नयाँ गन्तव्य र स्थललाई सूचीकृत गर्दै आएको छ ।
यो वर्ष पनि युनेस्कोले थुप्रै त्यस्ता स्थलहरुलाई आफ्नो विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । तीमध्ये केही महत्वपूर्ण स्थलबारे केही जानकारी लिऔँ–
भारतको जयपुर सहर
यो वर्ष ‘गुलाबी सहर’ को नाममा परिचित भारतको राजस्थानस्थित जयपुर पनि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । जयपुर सहजका कतिपय संरचना सन् १७२७ मा यसको स्थापनाताकाकै छन् । ती संचरना अहिले पनि निकै सुन्दर छन् । देश–विशेषका पर्यटकलाई भारतको जयपुर विशेष आकर्षणको केन्द्र बन्दै आएको छ ।
आइसल्यानडको वातानुकूलित राष्ट्रिय पार्क
यो ज्वालामुखीय क्षेत्र आइसल्यान्डको १४ प्रतिशत हिस्सामा फैलिएको छ । यो राष्ट्रिय पार्कमा थुप्रै ग्ल्यासियर छन् । यसका अतिरिक्त यहाँ थुप्रै सुन्दर प्राकृतिक जीव, ज्वालामुखी क्षेत्र र विचित्रका जीवजन्तु पाइन्छन् ।
फ्रेन्च अस्ट्रल ल्यान्ड्स एन्ड सिज
यो ठाउँ दक्षिणी समुद्राको बीचमा पर्छ । यहाँका ससाना द्वीपलाई युनेस्कोले नयाँ विश्व सम्पदाको सूचीमा समावेश गरेको छ । यहाँ संसारका सबैभन्दा बढी प्रजातिका पन्छी र जलजीव पाइन्छन् । जसमा किङ्ग पेन्ग्विनमा समावेश छ ।
प्राचीन जापानको माउन्डेड टम्ब्स
जापानको ओसाका प्रान्तमा ४९ चिहान स्थल बनाइएका छन् । जुन तेस्रोदेखि छैटौँ शताब्दीका हुन् । यहाँ भिन्नाभिन्नै आकार रहस्यमय ठाउँहरु छन् । जहाँ चाबी लगाउने खालका जस्ता देखिने दुलाहरु छन् । त्यहाँ एउटा ठूलो रहस्यमय ठाउँ छ । त्यो ठाउँलाई सम्राट निनटोकुको नाम दिइएको छ । जुन जापानको सबैभन्दा ठूलो चिहान स्थल हो । यी स्थललाई पनि युनेस्कोले विश्व सम्पदाको सूचीमा सूचीकृत गरेको छ ।
इराकको बेबीलोन
थुप्रै वर्षको प्रयासपछि इराकको प्राचीन सहर बेबीलोनलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरिएको छ । इराकमा हुँदै आएको हिंसाका घटनाका कारण यो प्राचीन सहरका ठाउँमा थुप्रै क्षति पुगेको थियो । तर अहिले मर्मतसम्भार गरेर यसलाई पुनः सुन्दर बनाइएको छ ।
म्यानमारको बगान
बगान म्यानमारको प्राचीन राजधानी हो । यो पर्यटकको आकर्षणको केन्द्र पनि हो । यहाँ हजारौँ बुद्ध मन्दिर छन् । टाढाबाट हेर्दा हजारौँ मन्दिर भएको यो सहर निकै सुन्दर देखिन्छ । यो सहरलाई पनि युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको छ ।
लाओसको प्लेन अफ जार
ठूलठूला ढुंगाबाट बनेका घैंटा नै घैंटा रहेको यो ठाउँ लाओसको केन्द्रमा रहेको छ । पुरातत्वविद्का अनुसार यस्ता ठूलठूला ढुंगाबाट बनेका हजारौँ घैंटा लौह युगको हो । उनीहरुको अनुसन्धामा यी घैंटाहरु त्यतिखेर अन्तिम संस्कारका बेला प्रयोग गरिएका थिए । यो ठाउँलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago