 
                     
                                
                             
                                    काठमाण्डौ । सन् २०२३ का विश्वका उत्कृष्ट बस्न लायक १० सहरका नाम सार्वजनिक भएको छ।
इकोनोमिक इन्टेलिजेन्स युनिट नामक संस्थाले १७३ वटा देशमा सर्वेक्षण गरेर विश्वका उत्कृट बस्न लायक सहरहरुको नामावली सार्वजनिक गरेको हो। सर्वेक्षण प्रतिवेदनअनुसार यसपालि पनि बस्न लायक सहरमा अस्ट्रियाको भियाना पहिलो नम्बरमा परेको छ।
संस्थाले स्वास्थ्य, शिक्षा, भौतिक सुविधा र वातवरणका आधारमा उत्कृष्ट बस्न लायक सहरको सूची सार्वजनिक गरकेो हो। सर्वेक्षणअनुसार दोस्रोमा डेनमार्कको कोपन हेगन, तेस्रोमा अस्ट्रेलियाको मेलबर्न र चौथोमा अस्ट्रेलियाकै सिड्नी सहर परेका छन्।
उत्कृष्ट सहरको सूचीको पाँचौँ स्थानमा क्यानडाको भ्यानकुभर, छैटौँमा स्विट्जरल्यान्डको जुरिच, सातौँमा क्यानडाको क्यानगेरी, आठौँमा स्विट्जरल्यान्डको जेनेभा, नवौँमा क्यानडाको टोरन्टो र जापानको ओसाका रहेका छन्।
योसँगै अमेरिकी सहर स्यान्डी एगो र लसएन्जलस क्रमशः ६१ औँ र ५७ नम्बरमा परेका छन्। योसँगै लन्डन ४३ औँ स्थानमा परेको छ।
यो सूचीमा सबैभन्दा पछाडि लिबियाको त्रिपोली र सिरियाको दमास्कस परेका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19