काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ लाख ८६ हजार रुपैयाँ खूद घाटामा रहेको वित्तीय विवरण आएको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा फाइनान्स ३२ लाख ६० हजार खूद नाफामा थियो । नाफामा गएको कम्पनी एक वर्षपछि आएर उभो लाग्नुको साटो घाटामा गएको हो ।
समीक्षा अवधिमा फाइनान्सको संचालन घाटा ८७ लाख ८६ हजार रहेको छ । अघिल्लो वर्षको यही अवधिमा ४६ लाख ५७ हजार संचालन नाफामा थियो ।
यो अवधिमा कम्पनीले १७ लाख ५३ हजार खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६ लाख थियो ।
समीक्षा अवधिसम्म फाइनान्सले ११ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । फाइनान्सको रिजर्भमा २२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
यो फाइनान्स समस्याग्रस्त वित्तीय संस्था हो । कम्पनीको खराब कर्जा अनुपात सतप्रतिशत रहेको छ ।
कम्पनी घाटामा गएपछि वार्षिकीकृत प्रतिसेयर घाटा ९.६६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) पनि १०.५६ गुणाले नेगेटिभ बनेको छ ।
*(यसअघिको समाचारमा असावधानीबस गलत तथ्याङ्क पर्न गएकोमा हामी क्षमाप्रार्थी छौ ।गल्ती औंल्याइदिने सबैलाई धन्यवाद । ) -सम्पादक
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago