काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडले संचालन गरेको २ म्युुचुुअल फण्ड(सामूहिक लगानीकोष)को असार मसान्तको प्रगति विवरण सार्वजनिक भएको छ । जसअनुसार ‘एनएमबी हाइब्रीड फण्ड एल–१’ को प्रति इकाई खूद मूूल्य बढेको छ भने ‘एनएमबी सुलभ इनभेष्टमेन्ट फण्ड–१’ को खूद मूल्य घटेको छ । 

२०७१ भदौ संचालनको स्वीकृति पाएको ७ वर्षे बन्दमुखी ‘एनएमबी हाइब्रीड फण्ड एल–१’ को प्रति इकाई खूद मूल्य जेठ मसान्तसम्म १० रुपैयाँ ४३ पैसा रहेकोमा असार मसान्तसम्म १० रुपैयाँ ५० पैसा कायम भएको छ । यो स्किमले असार मसान्तसम्म सूचिकृत सेयरमा १९ करोड २७ लाख लगानी ग्रेको छ भने सार्वजनिक निश्कासन, हकप्रद र बोनसमा ८८ लाख ३१ लाख लगानी गरेको छ । यो स्किमको बैंकमा २८ करोड बैंक मौज्दात रहेको छ । 

यो स्किमले असारसम्म ७ करोड १७ लाख आम्दानी गरेको छ । सबै खर्च कटाएर ५ करोड ४५ लाख कुल आय गर्न यो स्किम सफल भएको छ । यो स्किमले सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमीटेडको ४४ हजार ८ सय ५ कित्तामा लगानी गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी पनि दूरसंचारमै ३ करोड बढी रहेको छ । 

उता, २०७१ भदौ २० गते योजना संचालन अनुमति पाएको ५ वर्षे बन्दमुखी स्किम ‘एनएमबी सुुलभ इनभेष्टमेन्ट फण्ड–१’ को प्रति इकाई खूद मूल्य भने घटेको छ । जेठ मसान्तसम्म १६ रुपैयाँ ७७ पैसा रहेको यस्तो मूल्य घटेर असार मसान्तसम्म १६ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

यो अवधिमा यो स्किमले सूचिकृत सेयरमा ६१ करोड ५२ लाख लगानी गरेको छ । ऋणपत्रहरुमा १ करोड ४० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ४६ लाख लगानी गरेको छ । 

स्किमको बैंकमा ४५ करोड ४४ लाख मौज्दात रहेको छ । यो स्किमले असार मसान्तसम्म २३ करोड ४९ लाख कुल आय गरेको छ । 

यो स्किमले ७० वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै कित्ता माछापुच्छे बैंकको रहेको छ । यो बैंकको ३९ हजार ४ सय ३१ कित्तामा यो स्किमको लगानी छ । रकमको हिसाबले सबैभन्दा बढी लगानी नेपाल दूरसंचार कम्पनी लिमीटेडमा रहेको छ । यो कम्पनीमा स्किमले २ करोड ९८ लाख ९९ हजार लगानी गरेको छ ।