काठमाण्डौ । युरोपेली मुलुक हंगेरीको प्रमुख पर्यटकीयस्थल टोकजस्थित एउटा रक्सी उत्पादक कम्पनीले विश्वकै सबैभन्दा महँगो वाइन तयार गरेको छ ।
डेढ लिटरको एक बोतल यो वाइनको मूल्य करिब साढे ४५ लाख रुपैयाँ पर्छ । निर्माण कम्पनीका अनुसार इसेन्सिया २००८ डिसेन्टर संस्करणको यो वाइनको केवल २० बोतलमा मात्र तयार गरिएको थियो । जसमध्ये १८ बोतल सन् २०१९ मा बेच्नका लागि बजारमा ल्याइएको थियो । त्यसमध्ये ११ बोतल हालसम्म बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
डिसेन्टरको हरेक बोतल एउटा चमकदार ब्ल्याक बक्समा राखिएको छ । यसमा एउटा स्विच राखिएको छ। जुन वाइन भरिएको बोतललाई प्रकाश दिन्छ ।
विशेषतः कम्पनीले तयार पारेको वाइन राखिएको बोतल भने एकै प्रकारको छैन । कम्पनीले हरेक बोलतलाई विशेष रुपमा तयार पारेको छ ।
यो बहुमूल्य वाइनको एक्सपायरी डेट भने सन् २३०० रहेको छ ।
कम्पनीका जनरल म्यानेजर जोल्टन कोवाक्सका अनुसार यो वाइन उत्पादनको करिब ८ वर्षपछि मात्र उपभोगका लागि तयार भएको हो । यो वाइन एक चम्चाबराबर तयार गर्न करिब एक किलो अंगुरको प्रयोग गरिएको उनले जनकारी दिए । एक बोतल वाइन तयार गर्न करिब २० किलो अंगुर प्रयोग गरिएको उनको भनाइ छ ।
यो वाइन ३७.५ सेन्टिमिटर लामो बोतलमा राखिएको छ । यसमा अल्कोहलको मात्रा केवल ३ प्रतिशतमात्र रहेको छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19