काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अर्थतन्त्रको चालु आर्थिक वर्षको पहिलो ५ महिनाको डाइग्नोसिस रिपोर्ट प्रस्तुत गरेको छ ।
जसमा अघिल्लो महिनाको झै आयात घटेको र निर्यात बढेको देखिएको छ ।
अघिल्लो महिनाको तुलनामा पाँचौ महिनामा उपभोक्ता मुद्रास्फिति ह्वात्तै बढेको छ भने घट्दो क्रममा रहेको विप्रेषण आप्रवाह सामान्य गतिमा बढ्न थालेको छ ।
शोधानान्तर स्थितिको बचतको आकार केही संकुचित भई २३ अर्ब ३० करोडमा सीमित बन्न पुगेको छ भने विदेशी विनिमय सञ्चिती अघिल्लो महिनाको भन्दा बढेर गएको छ ।
सीमक्षा अवधिमा अर्थतन्त्रको कुन सूचक कस्तो रह्यो ? हेरौं बुँदागत रुपमा:
मुद्रास्फिति
२०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेकोमा भारतमा यस्तो (डिसेम्बर महिनाको) मुद्रास्फीति ७.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३.७१ प्रतिशत र २.११ प्रतिशत रहेको थियो ।
२०७६ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो ।
बाह्य क्षेत्र
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु.५८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु.५३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढी रु.३७६ अर्ब ९९ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा चालु खाता घाटा रु.७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.११९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा १ अर्ब ४ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ५७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनासम्ममा ७५ करोड १ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ ।
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०७६ मंसिर मसान्तमा रु.१०८८ अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ मंसिर मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा रु.९४६ अर्ब २९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा रु.१४२ अर्ब ३ करोड पुगेको छ । २०७६ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।
सरकारी वित्त स्थिति
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.६२ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.३७ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
मौद्रिक स्थिति
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १४.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा यस्तो कर्जा १४.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा वाणिज्य बैंकहरुबीच रु.७९७ अर्ब ८९ करोड र अन्य वित्तीय संस्था ( वाणिज्य बैंकबीच बाहेक) बीच रु.७४ अर्ब १६ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः रु.५४० अर्ब ७७ करोड र रु.६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए । २०७६ मंसिर मसान्तसम्म कुल १८१ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १३८ संस्थाको इजाजत खारेज भई कुल ४३ संस्था मात्र कायम रहेका छन्।
मंसिरसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४३ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago