काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले दोस्रो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा २७.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत ८ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा ६ करोड ६० लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ९ करोड ७९ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाले १ अर्ब ३० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब २० करोड निक्षेप संकलन गरी २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार  ७.९६ प्रतिशतले घटेर १४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १५ करोड ९३ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.४२ रुपैयाँ रहेको छ। पीई रेसियो ३१.०७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४०.५९ रुपैयाँ रहेको छ।