काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ४०.३१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको सञ्चानल मुनाफा पनि २३.८४ प्रतिशतले बढेको छ। गत वर्ष ८ करोड ३८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर १० करोड ३८ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.१४ प्रतिशतले बढेर १२ करोड ३२ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ९ करोड ६१ लाख रुपैयाँ रहेको छ।
यो अवधिमा संस्थाले ३ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार १३.५८ प्रतिशतले बढेको छ। गत वर्ष १२ करोड २० लाख रुपैयाँ रहेको रिजर्भको आकार समीक्षा अवधिमा बढेर १३ करोड ८६ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १३.९० रुपैयाँ रहेको छ। पीई रेसियो ६५.६८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago