काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १११.११ प्रतिशत बढेको छ। अघिल्लो वर्ष यही अवधिमा ८ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १७ करोड २० लाख रुपैयाँ पुगेको छ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ६५.९४ प्रतिशतले बढेर २० करोड ४९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी १२ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
संस्थाले समीक्षा अवधिमा १ अर्ब ४० करोड रुपैयाँ सापटी लिई २ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८७ करोड ४८ लाख रुपैयाँ सापटी लिई १ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ४३.१० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १२ करोड २५ लाख रुपैयाँ रहेको रिभर्जको आकार समीक्षा अवधिमा बढेर १७ करोड ५४ लाख रुपैयाँको उचाइमा पुगेको छ।
चुक्तापुँजी २८ करोड ५६ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९४ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.४२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६१.४३ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19