काठमाण्डौ । तपाइँ–हामी जोकोही जागिरे जीवन कार्यालयमै व्यतीत गर्छौं । कम्तीमा आठ घन्टा कार्यालयमै बिताउनुपर्छ । कहिलेकाहीँ ओभर टाइम गर्दा त १०–१२ घन्टा कार्यालयमै बास हुने गर्छ ।
जागिर खाएपछि कार्यालयमै जानुपर्ने र निर्धारित समयसम्म बस्नुपर्ने नियम प्रायः हरेक मुलुकमा रहेको छ । नेपालमा त अझ युवापुस्ता घरमै भेटिए भने आफन्तजनले ‘यसले जागिर खाएको छैन न कि क्या हो ?’ भनेर घोचपेच पनि गर्छन् । यो स्वाभाविकै पनि हो ।
यदि तपाइँ फिनल्यान्ड पुग्नुभयो भने अचम्ममा पर्नुहुनेछ । किनकि त्यहाँ जागिरदार न काम गर्न कार्यालय पुग्नुपर्छ न त कामदारका लागि निश्चित समय नै तोकिएको छ । त्यहाँको नियम छ– काम हुनुपर्छ तर तपाइँ जहाँ बसेर पनि गर्नसक्नुहुन्छ ।
मिका हर्कनन फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित एउटा कम्पनीमा आईटीका सिनियर इन्जिनियरका रुपमा कार्यरत छन् । जाडोयाममा उनी त्यहाँ बस्नै सक्दैनन् । त्यसैले उनी जाडोको ६ महिना स्पेनमा बसेर कम्पनीको काम गर्छन् ।
कम्पनीमा हर्कननले आफ्ना २० जना सहकर्मीको काम निहाल्नुपर्छ । त्यसैले उनले अलाइन म्यासेजिङ टुल र भिडियो कन्फ्रेन्सबाट उनीहरुलाई कामको जिम्मेवारीबारे बताउने गरेका छन् ।
हर्कनन कार्यरत कम्पनीको नाम आईटी कम्पनी एबिसिया हो । जहाँ २०० कर्मचारी कार्यरत छन् ।
पहिला त कम्पनीले कर्मचारीलाई आउजाउमा समस्या नहोस् भने राजधानी हेलसिन्कीमै सानो रिजनल अफिस खोलेको थियो । तर अहिले कर्मचारीमा दक्षता र रचनात्मक गतिविधि बढ्न थालेपछि कम्पनीले कर्मचारी जहाँ बसेर पनि काम गर्न छुट दिएको छ ।
फिनल्यान्डको जनसंख्या ५५ लाखमात्र रहेको छ । यो युरोपकै सबैभन्दा ठूलो टेक्नोलोजी हब पनि हो । यहाँ ठूलठूला आईटी कम्पनी, गेमिङ स्टार्ट–अप्स र डिजिल वित्तीय सेवा प्रदान गर्ने कम्पनीहरु छन् ।
एबिसिया कम्पनीका एचआर मेनेजर जेनी फ्रेडरिक्सन सबै कर्मचारी ठूला सहरको भीडभाडमा बस्न नचाहने गरेको बताउँछन् । ‘यदि योग्यता तपाइँभन्दा ५ घन्टाको दूरीमा छ भने त्यसको उपयोग जहाँ बसेर गर्दा पनि फरकर पर्दैन’, उनी भन्छन्, ‘त्यस्ता योग्य कर्मचारी कतै समुद्रको किनार वा जंगलमा बसेर पनि कम्पनीको काम गर्न सक्छन् ।’
फिनल्यान्डमा कामको घन्टा समायोजनको अधिकार कर्मचारीलाई नै दिइएको छ । जसअनुसार कर्मचारीहरुले काम सुरु गर्ने र खतम गर्ने समय आफ्नो हिसाबले ३ घन्टा पहिले वा पछि समायोजन गर्न सक्छन् ।
फिनल्यान्ड कर्मचारीको काम गर्ने घन्टामा निकै लचीलोपन भएको अब्बल देश मानिन्छ । एक अध्ययनअनुसार फिनल्यान्डका ९२ प्रतिशत कम्पनीका कर्मचारीलाई आफूले काम गर्ने घन्टाको समायोजन गर्ने अधिकार दिइएको छ ।
यो अधिकार बेलायतमा ७६, रुसमा ५० र जापानमा केबल १८ प्रतिशतमात्र रहेको छ ।
फिनल्यान्डमा सन् २०२० नयाँ वर्किङ आवर्स याक्ट कार्यान्वयनमा आउँदैछ । जसमा कर्मचारीलाई यस्तो अधिकार दिइएको छ कि कर्मचारीले कम से कम आफ्नो आधा काम पूरा गर्नुपर्नेछ । उनीहरुलाई दिइएको पूरै काम एकै दिनमा गर्नुपर्ने नियम अन्त्य हुनेछ।
नयाँ कानुनअनुसार कर्मचारी अब हप्तामा औसत ४० घन्टा काम गर्नुपर्ने हुन्छ र काम गर्ने ठाउँ र समय कर्मचारी आफैँले निर्धारण गर्नेछन् । फिनल्यान्डको पर्यावरण मन्त्रालयका सल्लाहकार तथा वरिष्ठ अधिकारी तार्जा क्रोगर भन्छन्, ‘यसको मतलब हो आधुनिक युगलाई अपनाउनु ।’
फिनल्यान्डका जनता कामकाजी लचीलोपनको सफलताको प्रमुख कारण यहाँको विश्वासको संस्कृति नै भउको बताउँछन् । यहाँका जनता एकआपसमा जति विश्वास गर्छन्, त्यति युरोपका अन्य देशमा देख्न पाइँदैन ।
फिनल्यानडका जनता काम र जिन्दगीबीचको सन्तुलनमा पहिलेदेखि नै ध्यान दिन्छन् । त्यसैले यहाँ कम्पनीहरु कर्मचारीको कामको समयप्रति निकै लचिलो बनेको छ ।
यहाँका केबल ४ प्रतिशत कर्मचारीमा नियमित रुपमा साताभरि कार्यालयमा गएर काम गर्छन् । जुन पश्चिमी मुलुकको औसतमा निकै कम हो । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19