काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुको आधार दर गणनाको सूत्र सार्वजनिक गरेको छ ।
यस्तै, अनिवार्य मौज्दात लागत, बैधानिक तरलता लागत, सञ्चालन लागत लगायतको विधि समेत तयार गरी सार्वजनिक गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम् १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस्तै, निक्षेप संकलन गर्ने तथा थोक कर्जा कारोवार गर्ने संस्थाहरुले २०७७ कात्तिक देखि आधार दर तयार गरी केन्द्रीय बैंकमा पेश गर्नुपर्ने भनिएको छ ।
आधार दर गणना गर्दा पछिल्लो अवधिको वित्तीय विवरण तथा तथ्याङ्कलाई आधार लिई गणना गर्नुपर्नेछ । मासिक तथ्यांक उपलब्ध नहुने वार्षिक प्रकृतिका खर्चलाई समानुपातिक रुपमा रुपान्तरण गरी गणना गर्नु पर्नेछ ।
केन्द्रीय बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको आधार दर, कस्ट अफ फण्ड, अनिवार्य मौज्दात लागत, बैधानिक तरलता लागत र संचालन लागत गणनाको विधि निम्नानुसार हुनेछ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago