काठमाण्डौ । सेयर बजारमा थोरै लगानी पनि मालामाल बन्न सकिन्छ भन्ने पछिल्लो उदाहरण बनेको कृषि क्षेत्रसँग जोडिएको कम्पनी प्रोसिड इन्डिया।
यो कम्पनीको सेयरले पछिल्लो एक वर्षको अवधिमा ३१ हजार ३६६ प्रतिशतले शानदार रिटर्न (प्रतिफल) सेयरधनीहरुलाई दिएको छ। यो कम्पनीको सेयरमा एक वर्षअघि कसैले भारु १ लाख लगाएका थिए भने उनीहरुको सम्पत्ति अहिले भारु ३.१४ अर्ब पुगेको छ।
करिब १ वर्षअघि यो कम्पनीको सेयरभाउ भारु ०.३० थियो। गत बिहीबार अर्था नोभेम्बर १८ मा बीएसआईमा यो कम्पनीको सेयभाउ भारु ९४.४० पुगेको छ।
पछिल्लो ६ महिनामै यो कम्पनीको सेयरभाउ करिब ६ हजार ३२१ प्रतिशतले बढेको छ। गत वर्ष मेमा यो कम्पनीको सेयर भारु १.४७ थियो। यो स्मलक्याप स्टकमा गत साताको ४ करोबार दिनमा मात्रै १८ प्रतिशतको वृद्धि भएको छ।
यो कम्पनी एग्री कमोडिटिजको ट्रेडिङ र सिड कारोबारमा संलग्न छ। यसले थुप्रै प्रकारका बीउ र तरकारी उत्पादन, रिसर्च, विकास, प्रसंस्करण, मार्केटिङ र व्यापार गर्छ।
यो कम्पनीको स्थापना सन् १९९१ मा भएको थियो। यसको मुख्यालय भारतको हैदराबादमा रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19