काठमाण्डौ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र रु. ३ लाख ७९ हजार ९०० मा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गरेको छ। 

यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषता प्रदर्शन गर्दै जोडिएको छः ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत द्यक्ट इन्जिन टेक्नोलोजी। एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरु मात्र पुनःपरिभाषित गर्दैन बरु कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ। यो विशेष मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरुमा उपलब्ध छ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ। एक बलियो १४९ सीसी एयर–कुल्ड फोर–स्ट्रोक सिंगल–सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रुपमा मुलायम प्रवेग उत्पन्न गराउँछ। यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशालीमात्र नभई अतिप्रभावकारी पनि छ। जसले औसत ४५–५० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्दछ।

ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटरसहित राइडर–केन्द्रित टेक्नोलोजीहरुले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्दछ। यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७–स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ। जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिन्छ। सुरक्षा सर्वोपरी छ। यसर्थ, एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरु प्रदान गर्दछ र राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरुमा सुरक्षाको दायरा बढाउँछ।

एमएडब्लू टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यसको सुरुआतको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरु किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामीलाई विश्वास छ यसले हाम्रा अमूल्य ग्राहकको सवारी अनुभवलाई पुनःपरिभाषित गर्नेछ।’

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड अब देशव्यापी रुपमा सबै यामाहा डिलरहरुमा उपलब्ध छ।