काठमाण्डौ । कोरोनाभाइरसको संकटका बीच अमेरिकी कम्पनीहरु उबर र फियाट क्रिस्लरले अनौठो विज्ञापनहरु तयार गरेका छन्। जसमा ग्राहकलाई आफ्ना उत्पादन प्रयोग नगर्न उनीहरुले अनुरोध गरेका छन्।
उबरद्वारा तयार पारिएको १ मिनेट लामो टीभी विज्ञापनमा कोरोनाबाट बच्न मानिसहरु होम क्वारेन्टिनमा बसेका देखाइएको छ। ‘घरमै बस्नुहोस्’, विज्ञापनको अन्त्यमा भनिएको छ– ‘धन्यवाद ! हामीसँग सहकार्य नगरेकोमा।’
त्यसो आफ्ना सामग्री तथा उत्पादन बिक्रीवितरणलाई प्रभावकारी बनाउन टीभी विज्ञापन बनाउनु अधिकांश कम्पनीहरुका लागि सामान्य हो। ‘अझ यस्तो संकटको बेलामा यस्ता विज्ञापन निकै प्रभावकारी हुन्छन्’, अमेरिकाको पेन्सिल्वेनिया युनिभर्सिटीस्थित स्कुल अफ कम्युनिकेसनका प्रोफेसर जोसेफ टुरो भन्छन्, ‘तर उबरको विज्ञापन साँच्चै युनिक छ, जसमा मानिसलाई आफ्ना उत्पादन प्रयोग नगर्न भनिएको छ।’
प्रोफेसर टुरोले संकटका बेला देशसँग हातेमालो गर्न उबरको यो कार्य प्रशंसनीय रहेको पनि बताए। ‘यो विज्ञापनले उबर पनि यो संकटका बेला हामी साथमा छौँ भन्ने सन्देश दिन सकेको छ।’
उबरले अमेरिकामा यात्रुलाई जल, स्थल र हवाई यातायातका साथै खाना डेलिभरी गर्दै आएको छ। ‘यो संकटबाट यो कम्पनीले पनि क्षति व्यहोरेको छ तर यात्रु र ग्राहकको सुरक्षाका लागि हाल उसले आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ’, प्रोफेसर टुरोले भने।
उबरका उपाध्यक्ष थोमस आफूहरुले तयार पारेको विज्ञापन अझै दुई सातासम्म टेलिभिजनमा देखाइने बताउँछन्। ‘हामी यो विज्ञापनबाट मानिसलाई अहिलेको अवस्थामा घरमै बस्दा सुरक्षित रहन सक्ने सन्देश दिन चाहन्छौँ’, उनले भने।
त्यस्तै फियाट क्रिस्लर कार बिक्रेता कम्पनीले हो। उसले पनि विज्ञापनमार्फत कार नकिन्न ग्राहकलाई नभने पनि अहिलेको अवस्थामा कारमा यात्रा गर्न आग्रह गरिरहेको छ। उसको विज्ञापनमा आफ्ना कारहरु घरमै पार्क गर्न र यात्रामा ननिस्किन ग्राहकलाई प्रत्साहन गरिएको देखाइएको छ। ‘घरमै बसौँ, स्वस्थ रहौँ’, विज्ञापनमा भनिएको छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19