काठमाण्डौ । अमेरिकामा आँधी आउँदा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ।
मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति अवरुद्ध हुँदा मूल्य उकालो लागेको हो। गत सोमबार कच्चा तेलको भाउ नौ महिनाकै न्यून विन्दुमा झरेको थियो। तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको छ।
अमेरिकी अपतटीय तेल उत्पादकहरुले इयान आँधीलाई नजिकबाट निगरानी गरिरहेका छन्। जसका कारण मेक्सिकोको खाडीमा करिब ११ प्रतिशत तेल उत्पादन प्रभावित भएको छ।
तेलको भाउ बढ्नुको अर्को कारण भनेको मंगलबार डलर भाउ घट्नु पनि हो।
यसैगरी अक्टोबर ५ मा अपेक प्लस राष्ट्रहरुको बैठक बस्दैछ। बैठकमा तेल उत्पादन कटौती गर्ने निर्णय पनि हुन सक्छ। यही कारणले मंगलबार अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य बढेको जानकारहरु बताउँछन्।
मंगलबार ब्रेन्ट क्रुडको भाउ २.२१ डलरले बढेर प्रतिब्यारेल ८६.२७ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि १.७९ डलर बढेको छ। यो प्रतिब्यारेल ७८.५० डलर पुगेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19