काठमाण्डौ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएसँगै केही चर्चित नेताहरुले पराजय व्यहोर्नुपरेको छ ।
मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् भने दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह निर्वाचित भएका छन् ।
आइतवार २७५० मत गणना भएको थियो । बाँकी ४ सयभन्दा केहि बढी मत मध्यान्ह सम्म गणना भएको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
मतगणनाको अन्तिम नतिजा अनुसार यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आएका छन् । केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि पराजित भए पनि सुशील कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनीत गरेका थिए । खुल्ला सदस्यमा निर्वाचित भएका बद्री पाण्डे यसअघि सेती अञ्चलबाट निर्वाचित भएका थिए । अरु निर्वाचितहरु प्राय सबै पुरानै अनुहार हुन् ।
मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजाल विजयी भएका छन् । चुनाव जितेका मध्ये १४ जना देउवा पक्षका र ११ जना पौडेल पक्षका छन् ।
२६औं नम्वरमा रहेका पद्मनारायण चौधरी र उनलाई पछ्याएका उदयशमशेर राणा, जिपछिरिङ लामाले पराजय व्यहोर्नु परेको छ ।
कस्ले कति मत ल्याए, तलको लिस्टमा एक क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19