प्रश्न १ : तपाइँको उम्मेद्वारी केमा र किन ?
सुशील कोइरालाको शासनकालमा उहाँले आँगालेको कार्यशैली र पार्टीमा हाबी सिण्डीकेटीय प्रथाविरूद्ध मैले पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएको थिएँ । सधैँभरि पार्टीमा देखिने ६० र ४० को भागबण्डा र नेतामुखी, नातामुखी र दातामुखी शैलीले गर्दा पार्टीको आगामी बाटो नै घातक रहेको जनाउ दिएर मैले संस्थागत सुदृढीकरण तथा पार्टीको दीर्घकालीन हितका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा मार्फत् नै पार्टीको नेतृत्व आवश्यक रहेको धारणासहित महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको हुँ ।
प्रश्न २ : तपाईले किन संस्थापन पक्षलाई छाडेर देउवा पक्षलाई साथ दिने निर्णय गर्नुभयो ?
संस्थापन पक्षका नेताहरूको कार्यशैली र उनीहरूले गरेको झुटको खेतीका कारण नै मैले संस्थापन पक्षलाई साथ दिन नसकेको हँु । पहिले नेता शेखर कोइराला र सशांक कोइरालाले ‘अबको महामन्त्री हुने पालो तपाईको हो’ भनेर भनेकै हुन् । तर उनीहरूले आफैंले पहिले गरेको प्रतिबद्धता पूरा नगरेपछि हामीले सधैंभरि साथ दिन सकिन्छ नै भन्ने पनि त रहेन नि । म पार्टीमा धेरैले रुचाइएको नेता हुँ भन्ने कुरा महाधिवेशनमा यसअघि मेरो पोजिसनहरूले पनि देखाइसकेको छ । १० औं महाधिवेशनमा मेरो १० औं पोजिसन थियो भने ११ औं महाधिवेशनमा आइपुग्दा यो पोजिसन पाँचौंमा आइपुगेको थियो । अघिल्लो महाधिवेशनमा दोस्रो पोजिसनमा मैले चुनाव जितेकै हो । जुनसुकै पक्ष र खेमा भनेर छुट्टाए पनि हामी अन्तिममा काँग्रेस नै हौं । त्यसैले मलाई विश्वास छ, मतदाताले यो पटक पनि पहिलो पोजिशनमा आउने गरी महामन्त्रीमा निर्वाचित गराउनुहुनेछ । यो कुरा सबैले बुझ्नु प¥यो कि राजनीतिमा पद मागेर पाईँदैन । राजनीतिमा यो यसको छोरा, मैले यसको कोखबाट जन्म लिएको भनेर केही हुनेवाला छैन । तपाई पत्रकारहरूले पनि बिरासतको राजनीतिको पछि लाग्ने होईन कि वीरताको राजनीतिको पछि लाग्नु पर्यो ।
बाल्यकाल
नुवाकोट जिल्लाको सुदुर उत्तर–पूर्वी सीमावर्ती एउटा गाउँ छ, राउतबेँसी । शिरमा गोसाईँकुण्ड तथा लामटाङ् वन्यक्षेत्रको सेरोफेरोमै पर्नसक्ने पर्यावरणीय विशेषता भएको, न लेक न बेँसी, वन र हरियालीयुक्त, सानो उपत्यकाजस्तो र एकान्त त्यो गाउँमा एउटा मध्यमवर्गीय किसान परिवारमा उहाँको जन्म २००४ साल असोजमा भयो । उहाँका चार छोरी, एक छोरा, छ भाई र तीन बहिनीहरु छन् ।शिक्षा
त्यो युगलाई नियाल्दा उहाँका पिता भगवानसिंह के.सी.लाई शिक्षित र चेतनशील थिए । उनले ज्योतिषशास्त्र, लेखापढी, ऐन–श्रेस्ता पढेका थिए । यस्तो वातावरणमा अर्जुननरसिंहले अनौपचारिक शिक्षादीक्षा पहिले घरमा र त्यसपछि गुरुकुलबाटै धार्मिक, सामाजिक र सांस्कृतिक पक्षको अध्ययनका साथ प्रारम्भिक शिक्षा पाए । आमाका कारणले संस्कृत भाषा र ज्ञानमा उहाँको रुचि बढेको थियो ।विद्यालय शिक्षाको लागि अर्जुननरसिंह २०१३ सालमा गाउँबाट नुवाकोटको सदरमुकाम गए । त्यसपछि फर्पिङस्थित त्रिभुवन आदर्श बोर्डिङ स्कूलमा पढ्न सुरु गरे । त्यसपछि लैनचौर–काठमाडौँको शान्ति विद्यागृहबाट विद्यालय शिक्षा पूरा गरे । एसएलसीे उत्तीर्ण गरेपछि उनी त्रिचन्द क्याम्पसमा विज्ञान पढ्न भर्ना भए । उनी नेशनल कलेज(हाल शंकरदेव क्याम्पस)मा आइएका लागि भर्ना भए । यसरी त्रिविबाटै उनले राजनीतिशास्त्रमा एम.ए. र ल क्याम्पसबाट बी.एल पूरा गरे । २०३० सालदेखि ०३२ सम्म त्रिभुवन विश्वविद्यालयमा प्राअ भएर दुईवर्ष, साथै ‘अभिनव ल फर्म’मा वकालतको प्राक्टिस पनि गरे ।
विवाह
उनको बिवाह जाउलाखेल (ललितपुर) का कमलबहादुर थापा र श्रीमती इश्वरी थापाकी जेठी छोरी प्रतिमासंग २०३१ साल मंसिरमा भयो । बैवाहिक जीवनमा प्रवेश गर्दा अर्जुननरसिंह २७ वर्षका थिए । त्यो विवाहलाई प्रेम र मागी मिश्रित थियो ।राजनीतिक प्रेरणा
कक्षा आठमा पढ्दैगर्दा गणेशमानजी र डा.के.आई. सिंहको भाषणबाट किशोरवयी अर्जुननरसिंहलाई राजनीतिमा चासो, हौसला र प्रेरणा मिल्यो । त्यसले उनलाई राजनीतितर्फ तान्यो ।सक्रिय राजनीति
२०१७ साल पुस एक गते राजा महेन्द्रले निरङ्कुश कदम चालेपछि आम जनतामा, निर्वाचित भएर आएको पार्टी र प्रधानमन्त्रीलाई राजाले किन विघटन गरे भन्ने चर्चा ब्यापक रूपमा मच्चियो । यही प्रश्नले उनी क्रमशः काँग्रेसको सक्रिय राजनीतितर्फ लागे । राजा महेन्द्रको विरुद्धमा आन्दोलनको सुरुवात भएपछि राजाको विरुद्धमा छापेको पर्चा, उनका सहपाठी ध्यानगोविन्द रन्जीत (हाल संविधानसभा सदस्य) लाई दिइयो । तारिणी कोइरालाकी श्रीमती रोषा कोइरालासँग त्यहिबेला उनको भेट भएको थियो । २०१८ साल बैशाखको २/३ गतेतिर स्कूल जाँदा उनले त्यो पर्चा बाँडे । त्यहि बेला प्रहरीले उनलाई समात्यो र सेन्ट्रल जेल चलान ग¥यो । काँग्रेसका श्रीभद्र शर्मा लगायतका तत्कालिन धेरै नेताहरुसँग जेलमा उनको भेट भयो । त्यसको तीन महिनापछि उनी छुटे । त्यहीँबाट उनी नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका हुन् । उनी अन्तर विद्यालयको युनियनमा भए र नेशनल कलेजमा स्ववियुको उपसभापति र त्यसपछि सभापति पनि भए । पढाइ सँगसँगै विद्यार्थी राजनीति गर्दै उनी त्रिविको राजनीतिशास्त्र संघको अध्यक्ष र महामन्त्री भए । काँग्रेसको सदस्यता भने उनले तत्कालिन काँग्रेस सभापति सुवर्ण समशेरसँग बीए पढ्दै गर्दा २०२२–२३ सालतिर लिएका हुन् ।
प्रश्न ३ : तपाईका आर्थिक एजेण्डा के छन् ?
राष्ट्रियता, सममाजवाद र लोकतन्त्र नेपाली काँग्रेसको मूलआधार हो र त्यसलाई हामीले कहिल्यै भूल्न हुन्न । हाम्रा आर्थिक सोंचहरू एडीबी, आईएमएफ र विश्व बैंकको प्रेसक्रिप्सनबाट प्रभावित छन् । यसले धेरै ठाउँमा हामीलाई चिप्लाइदिएको छ । तर सामाजिक न्याय तथा समाजवादी धारणाका लागि भने नयाँ ढंगले अगाडि बढ््नुपर्ने देखिन्छ । वीपीको समाजवादी चिन्तनलाई प्रभावकारी रूपमा लैजान पार्टी गम्भीर हुनुपर्ने बेला आएको छ । समाजवादी न्याय तथा सामाजिक सुरक्षा, समावेशीता र समतामूलक समाज निर्माणका लागि मैले नयाँ ढङ्गले अघि बढ्नलाई पनि महामन्त्री पदमा उम्मेद्वारी दिएको हुँ ।
प्रश्न ४ : बहुदल आएपछि संख्यात्मक हिसाबले पनि कांग्रेसले धेरैपटक अर्थ मन्त्रालयको जिम्मेवारी लियो । तर सो समयमा नेपाली काँग्रेसले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता नदिएको देखिन्छ, यसमा पनि अब समीक्षा आवश्यक छ ?
हो यसलाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ । हुनतः म साथीहरूको धेरै आलोचना गर्न चाहन्न, तर पनि कुनै व्यक्तिले ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को पदक पाइरहँदा जनताले के पाएका छन् भन्ने कुराले त सबै कुरा स्पष्टै छ नि । हामीले सधैभर केही मुठ्ठी भरका नेताहरूलाई मात्रै अर्थतन्त्रको ज्ञाता सम्झियौं दुर्भाग्य धेरै प्रतिभावान् खेलाडीलाई चाहि बिर्सियौं । अबको अर्थनीति कस्तो बनाउने भन्ने बिषयमा पनि हामी गम्भीर हुन आवश्यक छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19