काठमाण्डौ । लगानीकर्ताहरुले यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् । 

यसरी लगानीकर्ताले कमाउनेमा बोटलर्स नेपाल(बालाजु) रहेको छ । लगानीकर्ताहरुले यो कम्पनीबाट ६१ प्रतिशतले कमाएका छन् ।

साताभरका पाँचै दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ  ।  हाल यस कम्पनीको सेयर बेच्ने प्रायः छैनन् ।यो कम्पनी नेप्सेमा उत्पादन समूह अन्तरगत रहेको  छ।

त्यसैगरि, यो साता मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले पनि ६० प्रतिशतसम्म आम्दानी गरेका छन् ।

यो साता पनि हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले भने ४८.४८ प्रतिशत आम्दानी गरेका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले चाहिं ४८ प्रतिशत आम्दानी गरेका छन् । 
 

त्यसैगरि, हिमालयन हाइड्रो पावरका लगानीकर्ताहरुले ४४.१४ प्रतिशत, मिड सोलु हाइड्रो पावरका लगानीकर्ताहरुले ४२.७५ प्रतिशत, विपिडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ४१.६६ प्रतिशतले आम्दानी गरेका छन् । 

त्यस्तै धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले ३९.२८ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले ३२ प्रतिशत, बलेफी हाइड्रो लिमिटेडका लगानीकर्ताहरुले २८.६९ प्रतिशतले आम्दानी गरेका छन् । 
यो साता १३ ओटा उपसमूह अन्तरगत उत्पादन तथा प्रशोधन १९.२८ प्रतिशत, लगानी समूह १४.४५ प्रतिशत र कारोबार समूह ८.५६ प्रतिशतले बढेका छन् ।