काठडमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३ वटा निर्जीवन बीमा कम्पनीको आज (जेठ २८ गते) एकैदिन वार्षिक साधारणसभा (एजीएम) हुँदैछ।
सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको आज एकैदिन एजीएम परेको हो। यी ३ वटै कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछन्।
सिद्धार्थले आफ्नो १९ औँ एजीएम आयोजना गर्दैछ। सभा बिहान ११ बजेबाट काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश ९करसहित० रहेका छन्।
यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो १६ औँ एजीएम आयोजना गर्दैछ। सभा दिउँसो ४ बजेबाट काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।
सभाले कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद रहेका छन्।
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको २७ औँ एजीएम पनि आजै काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कुल ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19