काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची तयार पारेको छ। 

प्राधिकरणले नेपाली बीमकहरुको पुनर्बीमा व्यवसायका लागि सहकार्य गराउने उद्देश्यका साथ ५२ अन्तर्राष्ट्रिय पुनर्बीमकको नाम सार्वजनिक गरेको हो। नेपालमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले प्राधिकरणले सार्वजनिक गरेको ५२ पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउनेछन्। अर्थात अब नेपालमा रहेका बीमा कम्पनीहरुले आफूले यी अन्तर्राष्ट्रिय कम्पनीहरुमध्ये जुनसुकैमा पुनर्बीमा गर्न पाउनेछन्। 

प्राधिकरणले रोस्टरमा सहभागी हुन आह्वान गरेअनुसार आवेदन दिएका कम्पनीहरुको सूची सार्वजनिक गरेको हो। जसमा विश्वका ठूला कम्पनीसमेत छन्। 

यस्ता छन् अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरु