काठमाण्डौ । आफ्ना आवश्यकता, इच्छा र चाहनालाई परिपूर्ति गर्न मानिसलाई पैसा बचतको आवश्यकता पर्ने गर्दछ । तर धेरैजसो मानिस आफ्ना आवश्यकता र मागहरु पूरा गर्नका लागि पर्याप्त बचतका लागि संघर्ष गरिरहेका हुन्छन् ।
कुशल वित्तीय योजनाको अभाव यसको मुख्य कारण हो । यस्तोमा आफ्नो आवश्यकताका आधारमा बजेट योजना बनाउनुुपर्दछ । आफूले गर्ने खर्च अनावश्यक क्षेत्रमा नपर्ने सुनिश्चितता प्रदान गर्नुपर्दछ । जस्तै– महँगा गिफ्ट, पार्टी, लत्ताकपडा आदिमा खर्च नियन्त्रण गर्नुपर्दछ । यसका लागि पालना गर्नुपर्ने नियमहरु निम्न छन् : –
१. आफ्नो कमाइको २० प्रतिशत रकम हरेक महिना बचाउने बानी बसाल्नुपर्दछ । बचाएको यो रकमलाई चलाउनु हुँदैन । यस्तो रकमलाई संकटको बेलामा मात्रै चलाउनुपर्दछ ।
२. भविष्यमा हुन सक्ने दीर्घकालीन तथा अल्पकालीन खर्चको आँकलन गरेर योजना बनाउनुपर्दछ । यसरी योजना बनाइसकेपछि खर्च गर्ने क्षेत्रको हिसाबले बचत गर्नुपर्दछ । यसो गर्दा आउन सक्ने आपतकालीन परिस्थितिबाट बच्न सकिन्छ ।
३. तर बचत गर्दा आफ्नो जिउने इच्छा र आकांक्षालाई मार्न भने हुँदैन । कयौँ मानिस बचतको चक्करमा घुम्ने, रमाउने र मनोरञ्जन गर्ने इच्छामाथि नै अंकुश लगाइरहेका हुन्छन् । सुरु–सुरुमा बचत गर्ने बानी बसाल्न गाह्रो पर्ने गर्दछ । तर बिस्तारै–बिस्तारै यसको बानी पर्दछ र आफ्नो खर्च व्यवस्थापन गर्न सजिलो हुने गर्दछ ।
४. आफ्नो सञ्चित धन बुद्धिमतापूर्वक सही ठाउँमा लगानी गर्नुपर्दछ । सबै बचत बैंकमा मात्रै जम्मा गर्नुहुँदैन । ब्याज र कर बचतका आधारमा अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्दछ । जति धेरै विविध क्षेत्रमा लगानी गरिन्छ, त्यति नै नाफा पनि कमाउन सकिन्छ ।
५. लगानी गर्दा प्रायः लोभमा पर्नुहुँदैन । बजारको सही विश्लेषण गरेरमात्रै लगानी गर्नुपर्दछ । लगानीगर्दा वित्तीय विश्लेषकको परामर्श पनि लिन सकिन्छ । यसले लगानी सुुरक्षित गर्न सहयोग गर्दछ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago