काठमाण्डौ । रिलायन्स समूहको स्थापना सन् १९५८ मा धीरुभाइ अम्बानीले गरेका थिए। आज यसको चर्चा विश्वभर भइरहेको छ। 

सन् २००२ मा धीरुभाइको निधनुपछि देशको यो ठूला व्यापारिक घरानामा विभाजन भयो र कम्पनीहरु धीरुभाईका दुई छोराबीच बाँडफाँड भयो। जेठो छोरा मुकेश अम्बानीले पेट्रोकेमिकल, टेक्सटाइल रिफाइनरी, तेल–ग्यासको व्यापारलगायत पुरानो व्यवसायबाट सन्तुष्ट हुनुपरेको थियो। त्यसैले कान्छो छोरा अनिल अम्बानीको खातामा नयाँ युगको व्यापार आयो। उनलाई दूरसञ्चार, वित्त र ऊर्जा व्यवसायको जिम्मा दिइएको थियो।

नयाँ जमानाको व्यवसाय गरे पनि अनिलले खास केही गर्न नसकेर आज बर्बादीको सामना गर्नुपरेको छ। 

अर्कोतर्फ मुकेशले आफ्नो समझदारीले व्यापारलाई ठूलो उचाइमा पुर्याए र आज उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

अनिलसँग टेलिकम, पावर र ऊर्जा व्यवसाय थियो, जुन नयाँ युगमा सफलताको ग्यारेन्टी मानिन्छ। यी क्षेत्रमा देशको ठूला खेलाडी बन्ने रहरमा उनले धेरै महत्वाकांक्षी योजना बनाए तर सही योजना नहुँदा नाफाको सट्टा ठूलो घाटा व्यहोर्नुपरेको थियो। 

सन् २००८ मा अनिल अम्बानी विभाजनको नजिक आएका कम्पनीका आधारमा विश्वका धनीहरुको सूचीमा छैटौं स्थानमा थिए भने आज उनको कम्पनी बिक्री हुने अवस्थामा रहेको अवस्था छ। 

अनिल अम्बानी डुब्नुका यस्ता छन् ५ गल्ती

१. जब अनिल अम्बानीले नयाँ युगको व्यापार पाए, उनले उचित योजना बिना नै व्यवसायलाई अगाडि बढाउन हतार गरे, जसको कारण उनलाई धेरै खर्च भयो। कुनै तयारी बिना नै उनले एकपछि अर्को नयाँ परियोजनामा पैसा लगानी गरिरहे।

२. त्यसबेला अनिल अम्बानीले टेलिकम सेक्टरको राजा बन्ने दाउ लगाएका नयाँ प्रोजेक्टहरुमा अनुमानभन्दा बढी लागत आइरहेको थियो र प्रतिफल नगण्य थियो। यो उनको पतनको प्रमुख कारण हो।

३. विज्ञहरुका अनुसार अनिल अम्बानीको पतनको धेरै कारणहरुमध्ये एउटा उनको कुनै एक व्यवसायमा ध्यान नदिनु र एक व्यवसायबाट अर्को व्यवसायमा उफ्रदै रहनु थियो। कार्यान्वयनमा त्रुटि भएका कारण उनका थुप्रै आयोजनामा धेरै रकम खर्च भएको थियो।

४. लागत बढेको कारण उनले परियोजनाहरु पूरा गर्न थप इक्विटी र ऋणदाताहरुबाट ऋण लिनु परेको थियो। ऋणको बोझ बढ्दै गयो र उनले ऋणको पैसा लगानी गरेका आयोजनाले प्रतिफल पाउन सकेनन्।

५. अनिल अम्बानीले व्यापारसम्बन्धी अधिकांश निर्णयहरु महत्वाकांक्षाको फिटमा लिएका थिए। यसबाहेक उनी कुनै रणनीतिबिना प्रतियोगितामा उफ्रन इच्छुक थिए। जसका कारण ऋणको बोझ र सन् २००८ को विश्वव्यापी मन्दीले उनीहरुलाई फेरि उठ्ने समय पनि दिएन।

एकातिर जहाँ अनिल अम्बानी आफ्नो कम्पनीलाई लाभदायक सम्झौता बनाउन सफल हुन सकेनन्। अर्कोतर्फ दाजु मुकेश अम्बानीले आफ्नो समझदारी र सही रणनीतिका कारण समूहको पुरानो व्यापारलाई बढावा दिए। यससँगै अन्य क्षेत्रमा प्रवेश लिएर पनि व्यवसायिक क्षेत्रमा फरक स्थान पाएको छ। उनी आजबाट ६६ वर्ष लागेका छन्। 

हाल मुकेश अम्बानी एसियाकै धनी हुन्। उनको नेटवर्थ ८४.१ अर्ब डलर छ। उनी विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा १३ औँ स्थानमा छन्। 

मुकेश अम्बानी सफल हुनुमा यस्ता ५ सोच

१. बुवा धीरुभाई अम्बानीले दिएको पाठमा अगाडि बढ्दै मुकेश अम्बानीको सोच सधैँ अरुभन्दा फरक रह्यो। एक सफल व्यक्ति सधैँ भीडबाट बाहिर सोच्दछ। यही गुणले उनलाई आजको यो विन्दुमा पुर्याउन सहयोगी साबित भएको छ। उनले जियोमार्फत टेलिकम उद्योगमा त्यो अचम्मको काम गरे। जुन अन्य मानिसहरुका लागि सपना थियो। फरक सोचको नतिजा थियो कि उनले भारतका हरेक व्यक्तिको हातमा मोबाइल लिने सपना पूरा गरे। यसले पनि उनको व्यवसायलाई बढावा दिएको छ।

२. मुकेश अम्बानी एकदमै साधारण जीवन बिताउँछन् र लाइमलाइटबाट टाढा रहन रुचाउँछन्। उनको पहिरनबाट उनको सादगीको अनुमान लगाउन सकिन्छ। उनी पार्टीहरुबाट टाढा रहन्छन् र परिवार र व्यापारमा बढी समय दिन्छन्। आज उनी एसियाकै धनी व्यक्ति भए पनि सफलताको यो शिखरमा पुगेपछि पनि उनी निकै संयमित छन्। उनलाई आफ्नो दिनचर्यामा कुनै पनि प्रकारको सम्झौता मन पर्दैन। अनुशासनको यो बानी पनि उनको सफलताको रहस्य हो।

३. भनिन्छ– कुनै पनि कुरा हासिल गर्न लक्ष्य बनाएर अगाडि बढ्नुपर्छ। मुकेश अम्बानीको सफलताको पछाडि यो पनि ठूलो रहस्य छ। तिनीहरु पूर्ण रणनीति र लक्ष्य बनाएर अगाडि बढ्छन्। उनलाई थाहा छ कहिले के गर्ने ? लगानी वा नयाँ सम्झौतामा हस्ताक्षर गर्नुअघि उनी र उनको टोलीले आफ्नो गृहकार्य गर्छ र भविष्यको मूल्यांकन गर्छ र पूर्ण तयारीपछि मात्र यसलाई अगाडि बढाउँछ। यसले क्षतिको सम्भावना कम गर्छ। यही कारण हो कि आज रिलायन्सले धेरै क्षेत्रहरुमा आफ्नो पोर्टफोलियो लगातार विस्तार गरिरहेको छ।

४. मुकेश अम्बानीले धेरै अवसरमा भनेका छन् कि मानिस तब सफल हुन्छ जब उसमा ठूलाहरुको हात हुन्छ। उनले आफ्नो बुवा र अन्य व्यक्तिहरुको शब्दलाई कहिल्यै बेवास्ता गर्दैनन् जसबाट उनले प्रेरणा पाउँछन्। उनी प्रायः आफ्नो बुवाले दिएका पाठहरु उल्लेख गर्छन् र तिनीहरुलाई आफ्नो सफलतामा महत्वपूर्ण भन्छन्। यसका साथै सफलतामा तपाइँको सकारात्मक सोचको पनि ठूलो भूमिका रहेको उनी बताउँछन्।

५. कुनै पनि व्यवसायलाई अगाडि बढाउनका लागि तपाइँको समर्पण र कडा परिश्रम आवश्यक छ। यस सफलतामा तपाइँको टोलीले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ। मुकेश अम्बानी पनि आफ्नो टिमका बारेमा धेरै विश्वस्त छन् र आफ्नो सफलताको श्रेय दिन्छन्। यदि टोली तपाइँजस्तै मेहनती र सकारात्मक सोच छ भने तपाइँ सफल हुन निश्चित छ। – एजेन्सीको सहयोगमा