काठमाण्डौ । टाटा कम्पनीले उत्पादन गरी नेपाली बजारमा सिप्रदी ट्रेडिङले भित्र्याउने विद्युतीय गाडी(इभी गाडी)मा भइरहेको ठगी र भ्रमको खेतीको विषयमा बिजशालाले भण्डाफोर गरेसँगै बितरक कम्पनी अत्तालिएको छ । 

टाटाका इभी गाडीमा देखिएका गम्भीर समस्या, ब्याट्री गुणस्तरहीन भएका कारण जुनसुकै बेला आगो लाग्ने समस्या, कमजोर बिएमएस सिस्टमका कारण उत्पादकले दाबी गरेको भन्दा निकै कम पाइने माइलेज लगायतका कमजोरीहरुको पर्दाफास गरिएसँगै सिप्रदीले आफूले विज्ञापन दिएका मिडियाहरु प्रयोग गरेर पुनः भ्रमको खेती सुरु गरेको छ । 

तर यही बीचमा सप्रमाण सार्वजनिक भएका टाटाका इभी गुणस्तरहीन भएका समाचारहरुका कारण दशैंको मौकामा अग्रिम गाडी बुकिङ गरेकाहरुले समेत धमाधम रद्द गरिरहेका खबरहरु प्राप्त भएका छन् । नाडा अटो शो र यस आसपासमा टाटाको टियागो इभी बुक गरेका आधाभन्दा बढीले रेसपोन्स गर्न छाडेका सिप्रदीमा कार्यरत कर्मचारीहरु बताउँछन् । अटो शो पछि र अघि टाटाको नेक्सन र टिगोर बुक गर्नेहरुले पनि बुकिङ रद्द गरी अन्य इभीतर्फ मोडिइरहेका छन् । बुकिङ नै रद्द भएपछि सिप्रदीले अनेक हत्कण्डा प्रयोग गरेर भ्रमपूर्ण प्रचार गरिरहेको छ ।

यता, टाटाका इभी गाडीहरुमा दिनप्रतिदिन समस्याहरु बढ्दै गएका छन् । टिकटक, यूट्यूब, फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा टाटाको नेक्सन, टियागो र टिगोरमा देखिएका समस्याहरु छ्यासछ्यास्ती छन् । प्रयोगकर्ताहरुले ‘टाटाको इभीमा फसिने’ भन्दै नलिन अन्यलाई आह्वान गरिरहेका छन् । 

यही क्रममा हामीले टाटाले बजारमा ल्याएको नेक्सन, टियागो, टिगोर जस्ता इभी गाडीहरु किन नेपाली प्रयोगकर्ताका लागि ठीक छैनन् भन्ने विषयमा अझ नयाँ विषयहरु खोजेका छौं । यो क्रममा हामीले ७ वटा प्रमुख  बुँदामा टाटाले इभीको नाममा प्रयोगकर्तालाई कसरी झुक्याइरहेको छ र उसका इभी उत्पादन किन भरपर्दा र गुणस्तरीय छैनन् भन्ने कुरा देखाउन खोजेका छौं । टाटामै काम गर्ने प्राविधिक जनशक्ति, अन्य गुणस्तरीय इभी उत्पादन गर्दै आएका कम्पनीका मेकानिकल इञ्जिनियर र भारतमा सक्रिय अटो सेक्टरमा कलम चलाउने केही पत्रकारहरुको समेत सहयोगमा टाटाको इभीमा देखिएका प्रमुख समस्या र सोसँग सम्बन्धित भ्रम यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ:

१.कमजोर र गुणस्तरहीन ब्याट्री
टाटाले आफ्ना कुनै पनि विद्युतीय गाडी(इभी)मा प्रयोग गर्ने गरेको ब्याट्री ब्राण्डसम्बन्धी जानकारी खुलाउने गरेको छैन ।  जसका कारण टाटाका इभी गाडीका प्रयोगकर्ताहरुले ब्याट्रीको प्रदर्शन र मापदण्डहरुबारे जान्न पाउँदैनन् । जब कि इभीका अन्य उत्पादनहरुले ब्याट्री ब्राण्डलाई स्पष्ट रुपमा उल्लेख गर्छन र प्रायः विश्वप्रसिद्ध ब्याट्री प्रयोग गर्छन् । 

टाटामा जडान गरिएको ब्याट्रीले दिने वास्तविक रेञ्ज भनेको उनीहरुले प्रचार गर्नेको तुलनामा ६० प्रतिशत मात्र हो । उनीहरुले आफ्ना प्राविधिक फिचर्सहरुमा दाबी गर्ने गरेकोभन्दा त्यस्ता गाडीको परफरमेन्स ६० प्रतिशतमा सीमित हुन्छ । 

दुई र पाँच यात्रुसहितको यो इभीको सिटी रेञ्ज क्रमशः १९७ किलोमिटर र १७९ किलोमिटर छ । यो भनेको हेडल्याम्प र एयर कण्डिसन स्वीचअन गरिएको र मोवाइल फोन पनि चार्जमा राखिएको अवस्थाको कुरा हो ।

त्यसो भए ड्रेन टेस्ट, यदि यो इभीको ब्याट्री दुई प्रतिशतमा खस्किएसम्म चल्यो भने । यस विन्दूमा १८९ किमी चलाउन सकिन्छ, जसमध्ये १०९ किमी शहरभित्र र बाँकी राजमार्ग क्षेत्रमा । जब रेञ्ज १० प्रतिशतमा झर्छ, तब प्रणाली एकप्रकारको लिम्प मोडमा जान्छ, जहाँ कार्यसम्पादन ५५ केएमपीएचमा मात्र सीमित हुँदैन, एयरकण्डिसन पनि बीच बीचमा कटअफ भइरहन्छ ।

२.भद्रगोल बिएमएस
ओबीसीमार्फत बिएमएसले ३२ एएमपी करेन्टलाई सपोर्ट गर्दैन । यसले केवल १५ एएमपी करेन्टलाई सपोर्ट गर्छ, जस्तै माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर वा घरमा राखिएको एयरकण्डिसनहरुको चार्जिङजस्तो । जसका कारणले घरमा यो इभी गाडी चार्ज गर्नका लागि लामै समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । धेरै प्रयोगकर्ताहरुबाट यो पनि फेला परेको छ कि कहिलेकाही अचानक ब्याट्री सक(एसओसी) ७५ प्रतिशतबाट ४५ प्रतिशतमा झर्छ, यस्तो बेला बिएमएससँगको कम्युनिकेसन एरर देखिन्छ । जसका कारण गाडीमा के भइरहेको छ भन्ने कुराको सही सूचना प्रयोगकर्ताले स्क्रिनमा पाउँदैनन् । यहीकारण टाटा इभीका प्रयोगकर्ताहरुमा सधैंभरि रेञ्ज एञ्जाइटी हुन्छ र लक्षित डेस्टिनेसनमा पुग्ने सुनिश्चितता पनि हुन्न । जब कि यस्तो समस्या वास्तविक इभीका उत्पादनहरुमा हुँदैन । 

३.टालटुल पारेर बनाइएको 
प्राविधिक रुपमा इभी इलेक्ट्रिक प्लेटफर्म र अनुसन्धानबाट डिजाइन गरिएको हुनुपर्छ । तर टाटा इभीहरु आइसीई प्लेटफर्मबाट एडप्ट गरिएको हुन्छ, जुन अन्य इभीभन्दा कर्ब वजनमा भारी हुन्छ । मोटर, ब्याट्री र आवश्यक अन्य इलेक्ट्रोनोक्सि सामान आइसीई प्ल्याटफर्ममा जबरजस्ती राख्दा गुरुत्वाकर्षण केन्द्रको सन्तुलनलाई चेसिसले मिसलिड गरिदिन्छ र आवश्यक शुद्धता पाइन्न । उच्च कर्ब तौलका कारण, गाडीको ग्रस तौल बढी हुन्छ जसलाई इभी प्लेटफर्ममा बनेका कारहरुको तुलनामा ब्याट्रीबाट बढी पावर आवश्यक पर्छ । यसले स्पष्ट रुपमा पावरको बर्बादी गरिदिन्छ भने यसको दिगो अभियान, सञ्चालन लागत पनि अन्य इभीहरु भन्दा बढी छ । त्यति मात्र होइन, उच्च पावर आवश्यक पर्नाले टाटाको इभी गाडीका पाङ्ग्राहरु पनि छिट्टै बिग्रिने वा कमजोर हुने समस्या आइलाग्छ । 

४.ब्याट्रीमा कुलिङ सिस्टम नै छैन

प्रख्यात कम्पनीले उत्पादन गर्ने ब्याट्रीमा कुलेन्टको माध्यमबाट ब्याट्री कुलिङ गर्ने गुणस्तरीय प्रणाली सुसज्जित हुन्छ । जब कि एलएफपी ब्याट्रीको अधिकतम काम गर्ने तापक्रम ३५ डिग्री सेल्सियस हुन्छ । त्यसैले टाटा इभी कारले कार चलाउँदा, चार्जिङको समयमा र नेपालका बढी गर्मी हुने सहरहरुमा हुने उच्च ब्याट्री तापक्रमलाई जित्न सक्दैन, जहाँ सामान्य वातावरणीय तापक्रम ३८ डिग्री सेल्सियस आपसास घुम्छ ।

५.ब्याट्रीमा हिटिङ सिस्टम पनि छैन
फेरि वातावरणीय तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम हुने क्षेत्रहरुमा ब्याट्री तताउने प्रणाली आवश्यक हुन्छ । सामान्यतया, इभी कार बिक्रीको आँकडा नेपालको अन्य शहरहरुभन्दा काठमाण्डौमै बढी छ । जहाँ औसत तापक्रम २४ डिग्री सेल्सियस छ । यस्तो अवस्थामा ब्याट्री तताउने प्रणालीको निकै ठूलो भूमिका हुन्छ । यसले भनिएको रेञ्ज पूरा गर्न, इभीको चार्जिङ र ब्याट्रीको आयु दीर्घायूका लागि उच्चतम काम गर्ने अवस्थामा लैजान धेरै महत्वपूर्ण भूमिका खेल्छ । यस्तो गुणस्तरीय सिस्टम टाटाका इभी कारहरुमा उपलब्ध छैन । ब्याट्री हिटिङ सिस्टम र त्यसको व्यवस्थापनमा उत्पादकले ध्यान नै दिएको देखिन्न । 

६. गाडीको वजन र ब्याट्री प्याकमै फट्याइँ
ICE प्लेटफर्ममा डिजाइन भएको चेसिसका कारण टाटा इभी गाडीको आवश्यक प्रभावकारी ब्याट्री र मोटर पावर प्रयोगको तुलनामा सामान्यतया उच्च वजन छ । यो स्पष्ट छ कि टाटा इभीको उच्च कर्ब र ग्रस वेटका कारणले उच्च शक्ति उत्पादन गर्ने मोटर जडान गर्नुपर्ने हुन्छ र यहीकारण मूल्यमा बजार प्रतिस्पर्धी हुनसक्दैन । बजारमा प्रतिस्पर्धी हुने हो भने कम्पनीले अन्य इभी प्लेटफर्ममा बनेका कारहरुको तुलनामा ब्याट्री प्याक साइज क्षमता घटाउनुपर्ने हुन्छ । त्यति मात्र होइन, जब यिनै खराबीहरुका कारण जब ब्याट्रीमा समस्या देखिन्छ, तब टाटाका प्रयोगकर्ताहरुका लागि निकै ठूलो व्ययभार आइलाग्छ । तर अन्य इभी प्ल्याटफर्ममा बनेका कारहरु प्रयोग गर्दा प्रयोगकर्ताले उच्च र वास्तविक रेञ्जको मज्जा लिनसक्छन्, एसओएच(SOH) ड्रप भएको अवस्थामा समेत, उही लेभलमा । 

७.एक्सपर्टिजबिनाको उत्पादन
विश्वका लगभग हरेक इभी उत्पादकहरुलाई चीन, अमेरिका र केही यूरोपेली देशहरुले उत्कृष्ट आर एण्ड डी सुविधा तथा अन्य प्राविधिक सहयोग प्रदान गर्ने गर्छन् । अन्य इभी उत्पादकहरुले यो विषय गर्वका साथ आफ्ना उत्पादन तथा तिनीहरुको प्रदर्शनीमा यो कुरा भन्ने गर्छन । तर टाटाले यीमध्ये टाटा इभीहरुको निर्माणका लागि कुन कम्पनीसँग प्राविधिक साझेदार गरिरहेको छ, विवरण हालसम्म खुलाएको छैन । यसको अर्थ हो, टाटासँग इभी उत्पादनको कुनै विज्ञता नै छैन, न त त्यस्ता विज्ञ विश्वविख्यात कम्पनीहरुसँग नै उसले साझेदार गरिरहेको छ । बरु उसले इभी भन्दै फरक प्ल्याटमफर्ममा बनेका गाडीहरुमा जबरजस्ती ब्याट्री जडान गरी र गुणस्तरहीन बिएमएस राखेर नेपालजस्ता देशहरुमा निर्वाध निर्यात गरिरहेको छ । अनि हामी नेपालीहरु पनि ‘सबैभन्दा राम्रो इभी’ भनेर गरिएको झूठा विज्ञापनको पछि लागेर चूपचाप टाटाकै इभीहरु खरीद गरेर फसिरहेका छौं । 

यसअघिको समाचारहरु :