top billionaires
काठमाण्डौ । विश्वका आठ व्यक्तिसँग ३.६ अर्ब व्यक्तिसँग भएको भन्दा धेरै सम्पत्ति रहेको छ ।
च्यारिटी संस्था अक्सफामका अनुसार उसले सर्वेक्षणको विधिलाई निकै वैज्ञानिक बनाउँदै गइरहेको छ, तर पछिल्लो आँकडा निकै आश्चर्यजनक आएको छ ।
इन्स्टिच्यूट अफ इकोनोमिक अफेयर्सका मार्क लिटिलवुडले अक्सफाम पछिल्लो समय धनीप्रति निकै ध्यानमग्न रहेको आरोप लगाउँदै गरीबका लागि काम गर्छौ भन्ने संस्थाले आर्थिक प्रगतिको बाटो देखाउनतर्फ विशेष ध्यान दिनुपर्ने सुुझाव दिएका छन् ।
अक्सफामको यो रिपोर्ट ठीक त्यस बेला बाहिरिएको छ, जतिबेला स्वीट्जरल्याण्डको डावोसमा वल्र्ड इकोनोमिक फोरमको बैठक हुन लागिरहेको छ ।
ब्रिटेनका अर्थशास्त्री गेरार्ड लेयोन्सले समेत मानिसहरुको अर्थव्यवस्था राम्रो बनाउने कुरामा ध्यान दिन आवश्यक छ, उनको भनाईमा अक्सफाम ती कम्पनीहरुमाथि ध्यान केन्द्रीत गरेर ठीक गरेको छ, जसले आफ्ना सेयरधनीका लागि बढी भन्दा बढी पैसा कसरी कमाउने भन्ने बिषयमा सोचिरहेको हुन्छ, त्यस्तो विकल्प खोजिरहेको हुन्छ ।
अक्सफामका केटी राइटले विश्वमा धनी र गरीब बीचको खाडल डरलाग्दो गरी बढिरहेको छ । उनको भनाईमा यही प्रवृतिको परिणाम हो डोनाल्ड ट्रम्प जस्ता व्यक्ति अमेरिकाको राष्टपतिमा चुनिाएका ।
कोसँग कति सम्पत्ति ?
१.बिल गेट्स(अमेरिका), सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सहसंस्थापकसँग ७५ अर्ब डलर सम्पत्ति रहेको छ ।
२.स्पेनको जारा नामको कम्पनीको मातृ कम्पनी इण्डाइटेक्सका मालिक एमेन्सिया अर्टेगासँग ६७ अर्ब डलर सम्पत्ति रहेको छ ।
३.अमेरिकास्थित वर्कसायर हाथ्वेका सबैभन्दा ठूलो सेयर होल्डर तथा सेयरका बादशाह वारेन बफेटसँग ६१ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।
४.मेक्सिकोस्थित ग्रुप कार्सोका मालिक कार्लोस स्लिमसँग ५० अर्ब डलर सम्पत्ति रहेको छ ।
५.अमेरिकास्थित अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोससँग ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
६.फेसबुकका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमेरिकाका मार्क जुकरबर्गसँग पनि ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।
७.अमेरिकास्थित ओरेकल कम्पनीको सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ल्यारी एलिसनसँग ४४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ ।
८.अमेरिकास्थित ब्लुुमबर्गका मालिक माइकल ब्लुमबर्गसँग ४० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19