काठमाण्डौ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरुले युक्रेनका लागि १३.६ अर्ब डलरबराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन गरेका छन्।

माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ। सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो। राष्ट्रपति जो बाइडनले १० अर्ब डलरबराबरको सहायताका लागि अनुरोध गरेका थिए।

यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक संकटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायाता दिने भएको छ। आईएमएफले १ अर्ब ४० करोड डलरबराबरको त्यस्तो सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गरेको हो।

आईएमएफले उक्त युद्धका कारण पुगेको आर्थिक क्षतिसँग जुझ्न युक्रेनलाई सहायता गर्ने जनाएको छ। – एजेन्सी