काठमाण्डौ । युनिक फाइनान्स लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ३४.०४ प्रतिशतको पहिरो गएको छ ।  

कम्पनीले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ करोड ६४ लाख खूद नाफा रहेकोमा यो वर्ष सोही अवधिमा घटेर १ करोड ८ लाखमा झरेको हो । 

खूद नाफा झै खूद ब्याज आम्दानीतर्फ पनि राम्रै पहिरो गएको छ । अघिल्लो वर्ष यो अवधिमा २ करोड ७० लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष २ करोड २० लाखमा आइपुुगेको हो । खूद सम्पत्ति मूल्य घट्नु भनेको कम्पनीले व्यवसाय बिस्तारको क्षमता समेत गुमाउनु हो । 

दोश्रो त्रैमाससम्म यो फाइनान्स कम्पनीको चुक्तापूँजी २७ करोड ६७ लाख र जगेडा कोषमा ४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

यो फाइनान्स निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि थप कमजोर बनेको छ । अघिल्लो वर्षको यो अवधिमा ७१ करोड १ लाख निक्षेप संकलन गरेको फाइनान्सले यो वर्ष ६४ करोड ९३ लाख मात्र संकलन गर्न सक्यो । यो वर्षको यो कम्पनीले ५६ करोड ९५ लाख मात्र कर्जा प्रवाह गरेको छ । कर्जा निक्षेप अनुपात ५८.३७ प्रतिशत कायम भएको छ । 

यो कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो वर्षको यो अवधिमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८३ पैसा थियो ।