काठमाण्डौ । युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले यही पुस ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
बाँकेको कोलपुरस्थि न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुरको श्रीपुर बेलौरीस्थित बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। मर्जरपछि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ।
युनिक नेपाल र घोडीघोडा लघुवित्तको क्रमशः गत असोज ८ र असोज १६ गते सम्पन्न विशेष साधारणसभाले आपसमा मर्जरमा जाने विशेष प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। नेपाल राष्ट्र बैंकले पनि यी दुवै लघुवित्तबीच मर्जरलाई गत असोज २९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।
मर्जरपछि बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साबिक कोलहपुरको न्युरोडमै रहनेछ।
एकीकृत कारोबार हुने दिन दुवै लघुवित्तका सम्पूर्ण कार्यालयहरु बन्द रहनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago