काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ३५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड २४ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा युनियन लाइफले ३७ करोड ८१ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ९८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी पनि गरेको छ । 

यो बिमा कम्पनीले  लगानी, कर्जा तथा अन्यबाट ५ करोड ५१ लाख आम्दानीगरेको छ भने बिमालेखको धितोमा कर्जाबाट हुने आय ३६ लाख ८० हजार रहेको छ । 

कम्पनीको जगेडाकोषमा ९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ, अघिल्लो वर्षसम्म कोषमा १ करोड २४ लाख मात्र थियो । 

कम्पनीको जीवन बिमा कोषमा ३५ करोड ४६ लाख जम्मा भएको छ भने महाविपत्ति जगेडामा ९३ लाख ५९ हजार जम्मा भएको छ । 

यो कम्पनीले समीक्षा अवधिमा मात्रै ४६ हजार ९ सय २७ बिमालेख जारी गरेको छ देखिएको छ । अघिल्लो त्रैमामा यस्तो संख्या २२ हजार ६ सय ६२ मा सीमित थियो ।