काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत गभएको छ। 

आज भैरहवामा सम्पन्न सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो। आपसमा गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सोही नामबाट जीवन बीमा ब्यवसाय सञ्चालन गर्नेसम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ। 

यी तीनवटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, मर्जरसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने, चल तथा अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षक तथा मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, आपसमा गाभिने प्रयोजनका लागि बाँकी कामकारबाही तथा प्रक्रिया अगाडि बढाउन सञ्१चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। 

यसका साथै सञ्चालक समितिमा हुने फेरबदल तथा सञ्चालक समितिको कार्यकालसम्बन्धी प्रस्तावसमेत सभाबाट पारित भएको छ। यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, पुँजी संरचना परिर्वतनलगायतका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रुपमा सभाबाट पारित भएको छ।