काठमाण्डौ । युरोपमा फेरि ब्याजदर बढाइएको छ।
युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले ब्याजदर बढाएको हो। योसँगै युरोपमा ब्याजदर सन् २००० यताकै उच्च स्तरमा पुगेको छ।
ईसीबीले युरोपेली क्षेत्रमा पर्ने २० राष्ट्रमा निक्षेपको ब्याजदर बढाएर ३.७५ प्रतिशत पुर्याएको छ। यसअघि यस्तो दर ३.५ प्रतिशत थियो।
उच्चस्तरमा रहेको मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनुपरेको ईसीबीले जनाएको छ। ‘अहिले मुद्रास्फीति सहज हुँदैछ’, ईसीबीले भनेको छ, ‘यद्यपि मुद्रास्फीति उच्च छ र यो अझै धेरै समय रहन सक्छ।’
उता बेलायतमा ब्याजदर बढेर ५.२५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। बैंक अफ इंग्ल्यान्डको आधार दर अहिले ५ प्रतिशत रहेको छ। यो दर अगस्टमा ५.२५ प्रतिशत पुग्ने बताइएको छ।
गत जुनमा बेलायतमा मुद्रास्फीति ७.९ प्रतिशत कायम भएको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19