काठमाण्डौ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।
सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मूल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्नसक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सोही अवसरमा सम्मेलन मूल आयोजक समितिका संयोजक समेत रहेका बिशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टार्टअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासंग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरुबीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी नीति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरे ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्ने सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागिता रहनेछ ।
समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र विभागीय प्रमुख सुनिता मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago