काठमाण्डौ । कोरोनाबाट संक्रमित बेलायतका प्रधानमन्त्रीसँग हस्पिटलको वार्डमा फोटो खिचेकी एक नर्सको कोरोनाबाट मृत्युु भएको छ ।
अवकाश हुुन केही महिना मात्रै बाँकी रहेका बेला ५१ वर्षिय सारा ट्रोलोप्पीको कोरोना संक्रमणबाट मृत्युु भएको बेलायति पत्रिका द सनले जनाएको छ ।
म्याट हानककले १९ जना एनएचएसका कर्मचारीहरु महामारीको दौरान मरेको घोषणा गरेका बेला ट्रोलोप्पीको दुखद निधन भएको समाचार आएको हो ।
सारा ट्रोलोप्पीसँगै अस्पतालका अन्य ६ जनाको मृत्युु भएपछि सेन्ट्रल र नर्थ वेस्ट लण्डन एनएचएस फाउन्डेसन ट्रस्टले सबैको मृत्युुप्रति समवेदना प्रकट गरेको छ ।
ट्रस्टकी प्रवक्ताले सारा हिलीङटनकी एक सम्मानित र लामो समय सेवामा कार्यरत रहेकी सदस्य भएको जनाएको छ । यसका साथै उनी वृद्धवृद्धाको उपचारमा सर्मपण, त्याग र जोशका साथ अथक रुपमा काम गर्ने गर्थिन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago