काठमाण्डौ । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको भाउ ओरालो लागेको छ।
यो साता सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी ८५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको थियो। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ थियो। यो दिन सुनको भाउ तोलामा ८०० रुपैयाँले थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर रहेको छ।
गत शुक्रबार चाँदी तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो। यो दिन चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago