काठमाण्डौ । यो साता सुनको भाउ उकालो लागेको छ भने चाँदीमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार समग्रमा यो साता सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ कायम भएको थियो। आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँ कायम भएको छ।
यद्यपि हिजो बिहीबार तुलनामा सुनको भाउ आज १०० रुपैयाँले घटेको छ।
यसैगरी समग्रमा यो साता चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। गत शुक्रबार तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबारको तुलनामा चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19