– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा एक दिनमात्रै कारोबार भएको छ। यो साता तिहार परेका कारण गत आइतबारमात्रै बजार खुलेको थियो।
अघिल्लो साता १८४४.४ मा बन्द भएको बजार यो साता १८५८.४९ मा बन्द भएको छ। अर्थात गत आइतबार बजारमा जम्मा १४.३५ अंकले मात्र बढोत्तरी भएको छ। यो दिन ५१ करोड ६८ लाख रुपैयाँबराबर सेयर किनबेच भएको छ।
प्राविधिक पक्ष
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा बजारको क्लाउड पोजिसन रातो नै रहेको छ। यसले बजार बियरिस नै रहेको देखिन्छ। तर, पहिलो र दोस्रो लिडको दूरी घट्दै गएको छ (हेर्नुहोस् कालो एरो)। यसअघि पनि यस्तो दूरी कम हुँदै गएपछि बजारमा बुल चलेको थियो।
त्यसैगरी ल्यागिङ स्पान पोजसनमा ‘डब्ल्यू’ आकार बनेको छ (हेर्नुहोस् कालो एरो)। तर, मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा तल नै रहेका छन्। बेस लाइन र कन्भर्जन लाइनको दूरी पनि कम हुँदै गएका छन् तर क्रसओभर भने भइसकेको अवस्था छैन। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
सुपर ट्रेन्डका आधारमा
नेप्सको आवरली चार्टमा मूल्यरेखाले सुपर ट्रेन्डलाई काटेर माथि गएको छ (हेर्नुहोस् हरियो रेखा)। यसले बजारमा खरिद सिंग्नल बन्दै गरेको देखिन्छ। तर, यसको कन्फर्मेसनका लागि अब बन्ने क्यान्डल पहिलेको क्यान्डलभन्दा माथि बन्नुपर्छ। अर्थात् आगामी कारोबारमा बजार १८७५ भन्दा माथि बन्द भएमा सुपर ट्रेन्डको आवरली चार्टका आधारमा बजार अल्पकालीन ट्रेड लिन सकिन्छ। (तस्बिरमा हेर्नुहोस्)
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १८५०
घटेमा सपोर्ट
निष्कर्ष
दैनिक चार्टमा गएको दुई साताको कारोबारले बनाएको क्यान्डल हेर्दा बजारमा बुुलिस पिनवार बनेको छ। आवरली चार्टमा सुपर ट्रेन्डमार्फत बजारलाई हेर्दा खरिद सिग्नल मिलेको छ तर कन्फर्मेसनका लागि आगामी कारोबारमा बजार १८७५ भन्दा माथि बन्द हुनुपर्नेछ। यो सात बजार १८५० को पिभट प्वइन्टभन्दा माथि बन्द भएको छ। यसले बजार विस्तारै सम्हालिन थालेको देखिन्छ। आगामी साता यदि बजारले भोलुमसहित १९०० भन्दा माथि बन्द भएमा बुलिसयात्रा तय गर्दै गरेको बुझ्न सकिन्छ।
नोट: सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago