– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा २ दिन बजार घट्यो भने २ दिन बढेको छ।
अघिल्लो साता २१७८.८१ को विन्दुमा बन्द भएको बजार यो साता २१८३.२१ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ४.४ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता बजार २९.४२ अंकले बढेको थियो।
यो साता सेयर बजारमा १३ अर्ब १ करोड रुपैयाँबराबर भएको थियो। यस्तो कारोबार अघिल्लो साता १३ अर्ब ५० करोड रुपैयाँबराबर भएको थियो। यस हिसाबले अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार सामान्य घट्यो भने नेप्से परिसूचकमा बढ्ने क्रम घटेको छ।
प्राविधिक पक्ष
इचिमोकुका आधार
साप्ताहिक चार्टमै इचिमोकुका आधामा बजार विस्तारै बुलिस हुँदै गएको देखिन्छ। गएको साता बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको देखिन्छ। (हेर्नुहोस् मुख्य तस्विरमा हरियो एरो)
त्यसैगरी मूल्यरेखाहरु पनि क्लाउड पोजिसनमा पसेका छन् भने २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्य रेखाबाट माथि गएको छ। यसले बजार बुलिस यात्रामा चल्दै गरेको देखिन्छ।
क्यान्डल स्टिकका आधारमा
यो साता नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ आकार बनेको छ। सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भई लामो तल्लो धागो देखाएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यस्तो मैनबत्ती अंग्रेजीको ‘टी’ आकारको हुन्छ। यस्तो आकृतिले बजार बुलिस जाने संकेत गर्छ। (हेर्नुहोस् मुख्य तस्विरमा)
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक चार्टमा बोलिंगर ब्यान्डका आधारमा बजार अप्पर ब्यान्डमा चलेको छ। केही सातादेखि बजारले अप्पर ब्यान्डसँगै हिँडेको छ।
म्याक्डीमार्फत हेर्दा गत १६ अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्।
साप्ताहिक चार्टमै आरएसआई ६१ को तहमा रहेको छ। समग्रमा तीनवटै इन्डिकेटरले बजार बुलिस नै रहेको देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९६८
घटेमा सपोर्ट
निष्कर्ष
यो साता सेयर बजारमा ठूलो उतारचढाव रहेन। साताभरमा बजारमा ४.४ अंकले मात्रै सुधार आयो । यो साता सेयर कारोबार १३ अर्बबराबर रहेको छ । चार दिनमा १३ अर्बको कारोबारलाई राम्रै मान्न सकिन्छ । प्राविधिक रुपमा यो साता ड्रागन फ्लाई डोजी बनेको छ। ड्रागन फ्लाई डोजी भनेको साताभर बजारमा बिक्रीकर्ताले दबाबमा राखेको र अन्तमा क्रेता हावी भएको भन्ने बुझिन्छ । जसलाई बुलिस ड्रागन फ्लाई डोजी पनि भन्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19