काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५०० रुपैयाँ घट्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० भने तोलामा ५०५ रुपैयाँ घट्दै तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम भएको थियो।
अघिल्लो दिन बुधबार सुनको भाउ तोलामै ५०० रुपैयाँ बढेको थियो। यो प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी गत मंगलबार सुनको भाउ तोलामै ४०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो।
यस्तै यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँ बढेको सुनको भाउ भोलिपल्ट सोमबार फेरि ४०० रुपैयाँ बढेको थियो
निकै उतारचढाव भएको सुनको भाउ यो साताभरि तोलामा ७०० रुपैयाँको बढोत्तरीमा सीमित बन्न पुग्यो।
उता चाँदीको भाउ शुक्रबार ५ रुपैयाँले बढ्दै ९४० रुपैयाँ कायम भएको थियो। हिजो चाँदीको भाउ १० रुपैयाँले घट्दै तोलाको ९३५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19