– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने १ दिन घटेको छ।
अघिल्लो साता २०८४.९३ मा बन्द भएको बजार यो साता २१६३.९२ मा बन्द भएको छ। यस हिसाबले यो साता ७९ अंकले बजार बढेको छ। अघिल्लो साता ३५.५५ अंकले बजार बढेको थियो।
यो साता बजारमा १४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १६ अर्ब २७ करोड रुपैयाँको भएको थियो। यो साता नेप्से परिसूचक बढे पनि अघिल्लो साताको तुलनामा कारोबार भने घटेको छ।
यो साता बजार पुँजीकरण ३१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साताको तुलनामा १ खर्ब १६ अर्ब रुपैयाँले बजार पुँजीकरण बढेको छ।
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारलाई प्राविधिक रुपमा हेर्दा यो साता पनि सप्लाई जोन करिब २२०० भन्दा तल नै प्रतिरोध सामना गरेर बजार बन्द भएको छ। यदि आगामी दिनमा बजारले यो विन्दुलाई ब्रेक गरेर माथि लाग्छ भने इन्टरमिडियटको वेभ ३ अर्थात थ्री अफ थ्री हुन सक्छ। यो भनेको अहिलेसम्मकै उच्च विन्दु ३२०० आसपास वा फिप्थ वेभ एक्सटेन्ड भएर ३५०० आसपास पनि बजार जान सक्छ। यो भनेको १ वर्षदेखि डेढ वर्षको समय अवधिमा चल्न सक्ने चक्र हो।
तर, वैकल्पिक रुपमा अहिलेको बजारलाई हेर्ने हो भने यसपटक पनि २२०० बाट बाजार माथि जान सक्दैन भने यो साताको बढोत्तरी वेभ बी भएको र अब वेभ सी चल्दा बजार करिब २००० आसपास एकपटक आएरमात्रै थर्ड वेभ एक्सटेन्सन पनि हुन सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी, आरएसआई र मनी फ्लो इन्डेक्सका आधारमा
यो साताको बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा ४ सातादेखि अप्पर ब्यान्डमा चलेको देखिन्छ। यो साता बुलिस मारुबुजु क्यान्डल बनेको छ।
बजारलाई भोलुममार्फत हेर्दा ३ सातादेखि घट्दो क्रममा रहेको छ। म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा नै हुँदै गरेका छन्।
साप्ताहिक रुपमा आरएसआई ६० को तहमा रहेको छ। मनी फ्लो इन्डेक्स हाल ७४ को तहमा पुगेको छ। अघिल्लोपटक यस्तो इन्डेक्स ७८ को तहमा पुगेपछि बजार खसेको थियो।
क्यान्डल स्टिकबाट हेर्दा यो साता बजारले बुलिस मारुबुजु क्यान्डल बनाएको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डमार्फत हेर्दा पनि करिब ३ सातापहिले नै बजार बुलिस यात्रामा रहेको देखिन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डलाई तलबाट काटेर माथि लागेका छन्। सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको देखिन्छ। यसले बजार सकारात्मक बन्दै गरेको देखिन्छ। तर, सुपर ट्रेन्डमार्फत पनि कन्फर्मेसनका लागि बजार २२०० भन्दा माथि भोलुमसहित कारोबार हुनुपर्ने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २०८५
घटेमा सपोर्ट
निष्कर्ष
अघिल्लो साता ३५ अंकले बढेको बजार यो साता ७९ अंकले बजार बढेको छ। यो साता बजार बढ्दा अघिल्लो साताभन्दा कारोबार केही घटेको छ। विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजार बुलिस नै देखिन्छ।
बजारलाई डाउ थेउरीमार्फत हेर्दा यदि २२०० भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने नयाँ हायर हाई बन्छ। जसलाई बजारले अप ट्रेन्ड लिएको भनेर बुझ्न सकिन्छ। यसविपरीत यदि यो विन्दु ब्रेक गरेर माथि जान सक्दैन भने बजारले लोवर हाई बनाउँदै गरेको भन्ने हो। यहाँनेर अल्पकालीन लगानीकर्ताहरु केही सचेत रहनुपर्ने र जोखिम व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ।
बजारलाई इलिअट वेभबाट हेर्दा पनि २२०० माथि जान नसके यो साताको बढोत्तरी वेभ बी बनेको भन्ने बुझिन्छ। यदि त्यसो भएमा अब वेभ सीमा १०० देखि १५० अंकसम्म बजारमा करेक्सन हुन पनि सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19