काठमाण्डौ । नेपालको व्यवसायिक तथा औद्योगिक घराना एमभी दुुगड ग्रुपको विवेक अटोमोबाईल्स प्रा.लि.ले १०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुधबार पाँचौै पर्वतीय खेलकुद महोसवअन्तरगत नेपाल अटोमोबाईल्स एसोसिएसनसँगको सहकार्यमा वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि कार्यक्रम आयोजना गरेको छ ।
पछिल्लो समय देशमा अटोमोवाइल्स मोविलटी प्रयोगकर्ता नारीको संख्या बढिरहेको छ । यही कारण नारी दिवसमा नारी सशक्ताको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाईकल उत्पादक कम्पनी रोयल इनफिल्ड(बुलेट)ले नारी दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा साहसिक १७ जना नारीहरुले रोयल इनफिल्डको मोटरसाईकल र्यालीमा सहभागिता जनाएका थिए । र्यालीमा सहभागी महिलाहरुलाई बुलेट देवीको सम्मान समेत दिइएको आयोजकले जनाएको छ ।
समाजमा नारीको विशिष्ट भूमिका, सामाजिक, आर्थिक, व्यवसायिक नारीको विशेषज्ञताको सन्देश प्रवाह गर्नु, साहसिक खेल प्रवद्र्वन गर्नु, सडक सुरक्षाको सन्देश फैलाई ट्राफिक संकेतका बारेमा जनमानसमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ।
र्याली नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपबाट सुरु भई भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, हरिहरभवन, पूलचौक, जावलाखेल (परिक्रमा) पूलचौक, कुपण्डो, थापथली, माईतीघर, तीनकुने, एयरपोर्ट, पिङ्गलास्थान, गौशाला, जयबागेश्वरी, गुह्ेश्वरी, नयाँबस्ती, जोरपाटी (बागमतीपुल) नोरलिङ्ग रिसोर्ट गोकर्णमा पुगी समापन भएको थियो ।
कार्यक्रमको उद्घाटन सांसद मीलनकुमारी राजवंशीले गरिन् भने सो अवसरमा नेपाल पर्यटन वोर्डका वोर्ड सदस्य कृष्णकुमार अर्याल, नासाका उपाध्यक्ष सीताराम न्यौपाने र रोयल इनफिल्डका हेड अफ अपरेसन मेघराज पौडेलको समेत सहभागिता थियो ।
सो अवसरमा सहभागीका बीचमा बाईक धकेल्ने प्रतियोगिता र हेल्मेट टावर जस्ता मनोरञ्जनात्मक खेल प्रतियोगिता संञ्चालन भएको थियो ।
विवेक अटोमोवाइल्स प्रा.लिले आफ्ना शाखा तथा डिलर मार्फत २१ स्थानबाट रोयल इनफिल्डको विक्री वितरण तथा बिक्री पछिका सेवा प्रदान गरिरहेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19