काठमाण्डौ । राजधानीका अधिकांश रुटमा आज बिहीबारबाट साझा यातायातले बस सेवा सञ्चालनमा ल्याएको छ।
करिब साढे ३ महिनापछि साझाले आजबाट बस सञ्चालनमा ल्याएको हो। राजधानीका पहिलेकै अधिकांश रुटमा २६ वटा बस सञ्चालनमा ल्याइएको साझाले जनाएको छ। आवश्यक परे थप गर्दै लैजाने साझा यातायात व्यवस्थापनले जनाएको छ।
सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर साझा यातायातले बस चलाइने जनाएको छ। बसका कर्मचारी र यात्रु सबैको स्वास्थ्य सुरक्षाप्रति सतर्कता अपनाई बस चलाइएको साझाको भनाइ छ। साझाका बस चढ्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्नेछ। बसका कर्मचारीले पनि माक्स, पन्जा र सेनिटाइरजको व्यवस्था गरिएको छ।
एक सातापहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेसँगै धमाधम सार्वजनिक यातायात चल्न सुरु गरेका हुन्। साझा यातायातअघि मयूर, संयुक्त र सुन्दर यातायातले काठमाण्डौमा बस सञ्चालन गरिसकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19