NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंकले सप्तरीको राजविराजमा समेत शाखा बिस्तार गरी औपचारिक संचालनमा ल्याएको छ ।
आइतबार एक समारोहका बीच राजविराज नगरपालिका वडानम्बर ८ मा स्थापित शाखाको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरे । सो क्रममा उनले दुर्गम र ग्रामीण भेगमा बैंकले शाखा सञ्जाल बिस्तार गरी उपस्थिति बाक्लो बनाउँदै लगेकोमा प्रशंसा गरे ।
हालसम्म एनआइसी एशियाको शाखा सञ्जाल संख्या २७७ पुगेको छ । देशभर २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago