काठमाण्डौ । बैंकका केही शाखाहरु तिहारको विदाको दिन पनि खुल्ने भएका छन् । 

सरकारी राजश्व बुझ्ने काम गरिरहेका बैंकहरुलाई तिहारको विदाका दिन पनि सेवा यथावत राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले त्यो बेला पनि बैंकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ । 

ती शाखाहरु तिहारको भाइटिकाका दिन भने बन्द गर्न पाइने छ । बाँकी विदाका दिन चाहि खोल्नु पर्ने हुन्छ । यो नियम भन्सार कार्यालयमा शाखा नभएका बैकहरुलाई नलाग्ने बताइएको छ ।