काठमाण्डौ । गणतान्त्रिक नेपालको नयाँ सरकारमा विज्ञ व्यक्ति अर्थमन्त्रीको रुपमा रहे पनि सरकारको खर्च गर्ने शैली भने पुरानै पाराको देखिएको छ । 

यही कारण सरकारले राजश्व उठाएर ढुकुटीमा थुप्रो लगाए पनि समयमा खर्च नगर्ने समस्या यसपटक पनि देखिएको छ । 

नेपाल राष्टबैंकले सार्वजनिक गरेको चालु आबको पहिलो चार महिनासम्मको वित्तीय अवस्था अनुसार नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेको थियो । 

समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो । 

सरकारी राजस्व 
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेकोथियो

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेकोथियो । सरकारको नगद मौज्दात २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ ।