काठमाण्डौ । संघीय संसदको अर्थ समितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया स्थगन गराएकै बेला पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने सहायक कम्पनीमार्फत धितोपत्र दलाल लगायतका कार्य गर्ने प्रस्ताव पारित गर्नैका लागि विशेष साधारणसभा सम्पन्न गरेको छ ।
विशेष साधारणसभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने विचार ब्यक्त गरे ।
विशेष साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए ।
सो विशेष साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशिल तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आ.व.२०७५/०७६ को चौथो त्रैमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19