काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै १७ औँ वार्षिक साधारणसभा डाकेको हो।
बैंकले उक्त आर्थिक वर्षका लागि चुक्ता सेयरपुँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख १७ हजार ९५४.९५ रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशत १ अर्ब ४ करोड ५५ लाख २६ हजार ९३२.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न बैंकले यही पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले लाभांश अनुमोदन गर्नुका साथै उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। नेपाल सरकारबाट बैंकको सेयर पुँजीमा लगानीबापत प्राप्त १ अर्ब बैंकको जारी र चुक्तापुँजीमा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। नेपाल स्टक एक्सचेन्जमा पुस १७ गतेसम्म कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीहरुमात्र सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago