काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ। 

संस्थानको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। 

सभाले नेपाल बीमा प्राधिकरण (तत्काली बीमा समिति)को २०७८ चैत ११ गतेको निर्देशनबमोजिम तयार गरिएको संस्थानको पुँजी अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयरमार्फत थप गर्नुपर्ने पुँजी रकम वृद्धि गर्न आह्वान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

संस्थानको आर्थिक वर्ष २०७५–७६को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ।