काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८०को वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन ३४ करोड ५३ लाख रुपैयाँ थियो। यो हिसाबले समीक्षा अवधिसम्म खुद बीमाशुल्क ७.७४ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको पुनर्बीमा कमिसन आय २० करोड ५७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट आय १६ करोड ७२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आय क्रमशः २६ करोड ४ लाख रुपैयाँ र १६ करोड ५४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ८९.६६ प्रतिशतले बढेर ७ करोड ६३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म दाबी भुक्तानी ४ करोड २ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६३.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ११.४१ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ३८ करोड रुपैयाँ थियो। 

कम्पनीको बीमा कोषको आकार पनि बढेर ३ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीको जार बीमालेखको संख्या ५४ हजार ५१४ रहेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५१ हजार २५८ रहेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८९.७३ रुपैयाँ, पीई रेसियो ५५.५६ गुणा र प्रतिसेयर नेटवर्थ १५१४.४७ रुपैयाँ छ।