काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघ बीच पाँचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले
हस्ताक्षर गरेका छन् ।
२०७६ र २०७७ सम्मको लागि २४ लाख रुपैंया प्रदान गर्ने गरी दुई वर्षका लागि भएको सो सम्झौतापछि राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडी RBB-NVA नाम राख्नु पर्नेछ ।
सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्षअघिदेखि नै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए ।
नेपाल भलिबल संघका अध्यक्ष शर्माले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको बताए ।
सो कार्यक्रममा राष्ट्रिय खेदकुख परिषद्का सदस्य उपेन्द्र यादब, राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख एवं खेलकुद समितिका अध्यक्ष देबेन्द्ररमण खनाल, विभागीय प्रमुख सुनिता मानन्धर, कम्पनी सचिव भोलानाथ पौडेल, बैंक खेलकुद समितिका पदाधिकारीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago